एकैदिन ४ जनाले गरे आत्माहत्या, एक दम्पतिसहित ६ जना सिकिस्त

१९ साउन, मोरङ । झापा र मोरङमा गएराति मात्र ४ जनाले आत्माहत्या गरेका छन् । आत्माहत्याको प्रयास गर्दा एक दम्पती सहित ६ जनाको अवस्था गम्भीर छ । शुक्रबार बेलुका ८ बजेतिर खाना खाएर गाउँमै रहेकी छोरीको घर जान्छु भनी हिडेकी झापा डाँगीबारी-८ की ३९ बषिर्या राधिका ढकालले घर नजिकैको शिरिसको रुखमा कपडाको पासो लगाई आत्माहत्या गरेकी छिन् । त्यस्तै सुरुङा-४ की ६६ बषिर्या बृद्धा लिलामाया विष्टले पनि आफ्नै घरभित्रको काठको भिममा सलको पासो लगाई आत्माहत्या गरेकी छिन् । झापाकै मेचीनगर-१ का गोपाल कँडेलका छोरा १४ बर्षका सौरब कँडेलले पनि झुण्डिर आत्महत्या गरेका छन् । आफनै घरभित्र झुण्डिएका उनको उपचारका लागि विर्तामोडस्थित मनमोहन मेमोरियल अस्पताल ल्याईपुर्‍याउने वित्तिकै राति ९ बजे मृत्यु भएको थियो । त्यस्तै झापाको धाईजन-१ का ४२ बषिर्य बविन्द्र प्रसाई र श्रीमती ४० बषिर्या सुशिला प्रसाईले सामूहिक रुपमा विष सेवन गरेका छन् । बेलुका पौने ७ बजेतिर संगै मुसा मार्ने विषादी सेवन गरेका प्रसाई दम्पतीको गम्भीर अवस्थामा विर्तामोडस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भईरहेको छ । त्यसअघि हिजो दिउँसो धाईजन-६ की १८ वषिर्या मनकुमारी सुब्बाले विष सेवन गरेकी थिईन् । उनको पनि चिन्ताजक अवस्थामा मनमोहन मेमोरियलमै उपचार भईरहेको झापा प्रहरीले जनाएको छ । यता घरायसी विवादका कारण गएराति ९ बजे मोरङ मधुमल्ला-१ की २५ बषिर्या ममता माझीले विष सेवन गरी आत्माहत्या गरेकी छिन् । विष सेवनपछि सिकिस्त बनेकी उनको उपचारका क्रममा राति १२ बजे धरानस्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । त्यस्तै मधुमल्लाकै वडा नम्बर ९ की १५ बषिर्या रिता लिम्बु पनि मुसा मार्ने विषादी सेवन गरी सिकिस्त भएकी छिन् । उनको पनि धरानस्थित बीपी प्रतिष्ठानमै उपचार भईरहेको छ । त्यस्तै हिजै बेलुका साँढे ६ बजेतिर मोरङकै हसन्दह-६ की १६ बषिर्या धनीहेम गुरुङले पनि मुसा माने विषादी सेवन गरेकी छिन् । विषादी सेवन पछि उनको पनि अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको अहिले कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भईरहेको छ । त्यस्तै मोरङकै दादरबेरिया-३ का ४५ बषिर्य रामखलन सरदारको अवस्थामा पनि विषादी सेवनबाट गम्भीर बनेको छ । उनको पनि कोशी अञ्चल अस्पताल विराटनगरमै उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.