चुनाव सम्बन्धि सम्पूर्ण कार्य रोक्न प्रस्ताव


काठमाडौं, २४ साउन । नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले संविधानसभा निर्वाचन सम्बन्धि सम्पूर्णय कार्य रोक्न एमालेसँग प्रस्ताव गरेका छन् । कोटेश्वरस्थितमा आज (बिहीबार) एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भएको भेटबार्तामा अध्यक्ष बैद्यले सो प्रस्ताव गरेका हुन् । भेटमा संविधानसभा निर्वाचन र उच्चस्तीय राजनीतिक समिति समक्ष ३३ दलीय मोर्चाले पेश गरेका मागहरुका विषयमा समेत परामर्श भएको स्रोतले जनाएको छ । अध्यक्ष बैद्यले नेता नेपालसँग निर्वाचन सम्बन्धि सम्पूर्ण प्रक्रिया स्थगित गरे आफूहरु पनि चुनावमा जान तयार रहेको पुरानो अडान दोहर्‍याएको बुझिएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.