ज्यूँदै स्वर्ग लाने भन्दै ठगी गर्ने पक्राउ
७ भदौ, काठमाण्डौं । ‘तपाईले सम्पत्ति दान गर्नुभयो भने ज्यूँदै स्वर्ग जान पाउनु हुनेछ । परमेश्वरको कृपाले तपाईको शरीरमा चाँदीको पखेँटा जडान हुनेछ । त्यसपछि तपाई आफैं उडेर स्वर्ग पुग्नुहुनेछ र यहाँ गरेको दान सबै त्यहाँ पाउनु हुनेछ ।’

अचेल राजधानीमा क्रिश्चियन धर्म प्रचारका नाममा च्याउसरी खेलेका चर्च (मण्डली)मा कस्ता कस्ता क्रियाकलाप हुन्छन् भन्ने परमेश्वरका नाममा माथि भनिएजस्ता भ्रमपूर्ण आश्वासन बाँडेर सोझासिधा व्यक्तिमाथि गरिने ठगीयुक्त धन्दाबाटै पुष्टि हुन्छ । कलंकीस्थित एक चर्चका हर्ताकर्ता (चिपसाङ) टिकाबहादुर राउतले एक ८२ बर्षका नागरिकता अनुसार ७२ बर्षका वयोवृद्ध चिरिकाजी मालीलाई ‘परमेश्वरले ज्यूँदै स्वर्ग लैजाने’ प्रलोभन देखाएर उनीमाथि जालसाजी, किर्ते ठगी गरेका छन् । निरक्षर वयोवृद्ध मालीलाई फकाई फुल्याई झुक्याएर उनको नाममा रहेको कलंकीस्थित कामनपा १३ सिट नम्बर ११०२-२२ कि. नं. १२३ क्षेत्रफल १४६.६५ वर्ग मिटर -४ आना २ दाम) जग्गा अर्कैलाई बिक्री गराउन ११ लाख बैना लिएको कागजसमेत गराएको अभियोगमा प्रहरीले दलाल राउतलाई पक्राउ गरेको नेपाल पत्र साप्ताहिकमा खबर छ ।
आफूलाई के र कस्तो कागजमा सहीछाप गराइयो भन्ने चाल नै नपाएका वृद्ध मालीले रुवाबासी गर्दे प्रहरी गुहार्न प्रहरी वृत, कालीमाटी पुगेपछि मात्रै आफ्नो जग्गा बिक्री गर्न बैना गरिएको पत्तो पाएका हुन् । तर उनले बैना बापत एक रुपैयाँ पनि पाएका छैनन् । मालीको उजुरीका आधारमा राउत पक्राउ परेका छन् भने जग्गा किन्ने धादिङका कोमलप्रसाद गजुरेल र त्यस कारोबारमा मुछिएका सबैलाई प्रहरीले खोजीगरिरहेको छ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

![]() |
0 comments
Write Down Your Responses