५५ फिट लामो कपाल भएकी महिला भन्छिन् : कपाल मेरो सन्तान (फोटोफिचर सहित)
source:onlinekhabar
मान्छेको कपाल कति सम्म लामो हुन सक्दो
रहेछ ? अमेरिकाकी एक महिलाको कपाल ५५ फिट लामो छ । लामो मात्र हैन । उनको
कपालको तौल झण्डै १९ किलो छ । जर्जियाको एटलाण्टाकी बासिन्दा आशा मण्डेलाको
यत्रो भिमकाय कपाल देखेर डाक्टरहरु पनि डराए । उनलाई कपाल काट्न सुझाव दिए
। कपाल नफ्याँकेमा प्यारालाइसिस हुने चेतावनी दिए । तर आशाले बरु ज्यान
फ्याल्न तयार भइन् कपाल गुमाउन चाहिनन् ।
एक सन्तानकी आमा आशा भन्छिन्, ‘मेरो कपाल
मेरो जिवनको भाग भैसक्यो । यो मेरो जिवन हो, मैले कहिल्यैपनि कपाल काटि्दन
।’ कपाल काट्नु आत्महत्या गर्नु सरह रहेको उनी बताउँछिन् ।
विश्वमा सबैभन्दा लामो कपाल भएको मानिसको
रुपमा गिनिज बुकमा नाम लेखाएकी ४७ वर्षकी आशा आफ्नो कपाल आफ्ना लागि
सन्तानजत्तिकै प्यारो रहेको बताउँछिन् । कपालकै कारण आफुलाई क्यान्सर,
हृदयाघात जस्ता रोगले समेत केही गर्न नसकेको दाबी उनको छ ।
उनको कपाल धुन तथा सुकाउन पूरै दुइ दिन
लाग्छ । यति लामो कपाल साँच्चीकै जोखिमपूर्ण छ । कतै हिँडडुल गर्न पनि
गाह्रो हुन्छ । हिँडडुल गर्दा पोको पारेर बच्चा बोकेझैँ गरी कपाललाई ढाडमा
बोक्नुपर्छ ।
उनका ११ वर्षे छोराले आमाको कपाल जतन गर्न
सहयोग गर्छ । आफ्नो आखा अगाडि त उनले ज्यान गएपनि कपाल काट्न दिँदिनन् ।
तर भुइँमा लत्रिएको बेला कसैले आँखा छलेर कपाल काटिदिने हो की भन्ने चिन्ता
छ उनमा । उनले आत्मिक कारणका लागि भन्दै २५ वर्ष अघिदेखि कपाल पाल्न
थालेकी थिइन् ।
![]() |
0 comments
Write Down Your Responses