सुनको भाउ ४ सय बढ्यो

२४ साउन, काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारकाल लागि छापावाला सुनको भाउ तोलाको ५२ हजार ७ सय रुपैयाँ तोकेको छ । बुधबार छापावाला सुनको भाउ ८ सय रुपैयाँ घटेर ५२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनको भाउ पनि बिहीबार तोलामा ४ सय रुपैयाँ बढेर ५२ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, बिहीबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ बढेको छ । महासंघले बिहीबारका लागि चाँदीको भाउ तोलाको ८ सय ४० रुपैयाँ तोकेको छ । बुधबार चाँदी तोलामा ५ रुपैयाँ घटेर ८ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.