स्वास्नीले कट्टु तानेपछि यसरी बँच्यो लोग्नेको ज्यान (फोटोफिचर र भिडियो सहित)
प्रत्यक्षदर्शीहरुका अनुसार अरु लुगा फुकालेर केवल कट्टुमात्र लगाएको लोग्ने एक्कासी झ्यालबाट हाम फालेपछि ती महिला अत्तालिइन् । लोग्नेको ज्यान झ्यालबाट बाहिर गइसकेको थियो, उनले तत्कालै उसले लगाएको कट्टुमा पक्रिइन् । त्यसपछि उनले कट्टुसँगै उसको खुट्टामा पनि जोडले समातेर अठ्याइरहिन् र रुँदै कराउँदै छिमेकीसँग गुहार मागिन् । आसपासका मानिसले देखे, तर अपार्टमेन्टको ढोका थुनिएकाले कोहीपनि भित्र छिरेर ती महिलालाई सहायता दिने र हाम फालेर अडि्करहेका ती पुरुषलाई माथि तान्न सम्भव भएन । सरकारी अग्नी नियन्त्रक पनि त्यहाँ आइपुगे र अन्ततः झ्याल फोडेर उनको कोठाभि छिरेर ती पुरुषलाई सुरक्षित साथ माथि तानियो । झ्यालबाट हाम फालेर पनि कट्टु र श्रीमतीले बचाएका ती पुरुषको नाम वांग ली रहेको र उनी ४५ वर्षा भएको बताइएको छ । समाचार अनुसार जागिर नपाएका कारण उनी ड्रि्रेसनको सिकार भएको र आत्महत्याको प्रयास भएको बुझिएको छ । 

0 comments
Write Down Your Responses