व्यवसायीको दबाबमा संकटग्रस्त क्षेत्र घोषणा नगर्ने निर्णय
भक्तपुर, श्रावण २७ - बर्ड फ्लु नियन्त्रणका लागि पटकपटकको प्रयास असफल भएपछि भक्तपुरलाई बर्ड फ्लु संकटग्रस्त घोषणा गर्ने सरकारी निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ । व्यवसायीको दबाबमा भक्तपुर जिल्ला प्रशासनले तत्काल संकटग्रस्त क्षेत्र घोषणा नगर्ने निर्णय गरेको हो ।
कृषि मन्त्रालयमा कृषि मन्त्रालयका सहसचिव डा. प्रभाकर पाठकको संयोजकत्वमा पशु सेवा विभाग र कुखुरा पालन व्यावसायी महासंघकाबीच शनिवार भएको छलफलमा भक्तपुरलाई बर्ड फ्लु संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेर कार्यान्वयन गर्न भक्तपुरका प्रमुख जिल्ला अधिकारीलाई अख्तियारी प्रदान गरिएको थियो ।
यसबारेमा छलफल गर्न आइतबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीको संयोजकत्वमा बसेको जिल्ला बर्ड फ्लु रोग नियन्त्रण प्राबिधिक समितिको बैठकले आगामी तीन दिनसम्म जिल्लालाई संकट ग्रस्त क्षेत्र घोषणा नगर्ने निर्णय गरेको छ ।
प्रजिअ दवाडी, पुश सेवा विभागका उपमहानिर्देशक डा. रामकृष्ण खतिवडा, क्षेत्रिय निर्देशक डा.दामोदर सेढाई र कुखुरा पालन व्याबसायी संघ भक्तपुरका पदाधिकारीहरु समेतको बैठकले तीनदिनसम्म भक्तपुरलाई उच्च जोखिममा राखेर नियाल्ने तर संकटग्रस्त क्षेत्र घोषणा नगर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दवाडीले बताए ।
त्यसैगरि बैठकले तीनदिन भित्रमा भक्तपुरमा रहेका सबै कुखुरा फार्ममा पशु सेवा कार्यालयको नेतृत्वमा बर्ड फ्लु 'रेपिट टेष्ट' अर्थात बर्ड फ्लू परीक्षण गर्ने भएको छ । यसका लागि आजै देखि भक्तपुरका कुखुरा फार्महरुमा प्राबिधिक टोली खटाईएको प्रजिअ दवाडीले जानकारी दिए ।
कार्यक्रममा कुखुरा पालन व्याबसायी संघ भक्तपुरले आजै प्रमुख जिल्ला अधिकारी एवं जिल्ला बर्ड फ्लु रोग नियन्त्रण प्राविधिक समितिको संयोजक हिमनाथ दवाडी लगायत पाँच वटा निकायलाई नौ बुादे माग पत्र प्रस्तुत गर्दै ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष तुलसीराम धुख्वाःले ज्ञापनपत्र बुझाउादै जुन फार्ममा बर्ड फ्लू भेटियो त्यही फार्ममा कुखुरा नष्टगरि मानवलाई हानी नपुग्ने गरि व्यबस्थित तरिकाले नष्ट गर्ने, विभाग र व्याबसायी बीच गत २३ गते भएको निर्णय कार्यान्वयन गर्नुपर्ने माग राखेका छन् ।
ज्ञापनपत्रमा भक्तपुरका कुखुरा फार्महरुमा नमूना संकलन गरेदेखि हालसम्मको नष्ट भएका सबै कुखुराको क्षतिपूर्ती दिइनु पर्ने, कुखुरा पालनमा लागत अुनपातमा क्षतिपूर्ती रकम दिईनु पर्ने, कुखुरामा बर्ड फ्लूको पनि बिमा हुने व्यबस्था गर्नुपर्ने, कुखुरा पाल्ने व्याबसायीले बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋण एवं व्याज मिनाह गर्नुपर्ने, पुन : व्यावसाय सञ्चालन गर्नका लागि बैंक तथा बित्तिय संस्थाहरुले न्यून ब्याजमा लगानी गर्नुपर्ने र बर्ड फ्लू संक्रमित कुखुरा नष्ट गर्ने तरिका अबैधानिक भएकाले यसलाई ब्यवस्थित र बैज्ञानिक गरिनुपर्ने माग उल्लेख गरिएको छ ।
0 comments
Write Down Your Responses