कुनै बहानामा चुनाव सार्नुहुँदैन : मन्त्रिपरिषद् अध्यक्ष

२७ साउन, काठमाडौं । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले आगामी मंसिर ४ गतेका लागि तोकिएको संविधानसभाको निर्वाचन कुनै पनि बहानामा सार्न नहुने बताउनुभएको छ । सामुदायिक रेडियो प्रसारक संघको पाँचौंँ अधिवेशनको आइतबार उद्घाटन गर्दै रेग्मीले आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न पनि निर्वाचन अपरिहार्य भएको बताउनु भयो ।

संविधानसभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउने दिशामा सरकार लागिपरेको भन्दै मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले त्यमा सहयोग गर्न राजनीतिक दल तथा जनतालाई आहृवान गर्नुभयो । निर्वाचन प्रक्रियाप्रति असहमत दलहरुलाई सहमतिमा ल्याउन प्रमुख दलले वार्ता प्रक्रियालाई तीव्रता दिएको र सरकारले पनि अग्रसरता देखाएको उहाँको भनाइ छ ।

सञ्चारमन्त्री माधवप्रसाद पौडेलले आगामी निर्वाचनसम्बन्धमा जनतामा चेतना अभिवृद्धि गर्न सामुदायिक रेडियोले सक्रियता जनाउनुपर्नेमा जोड दिनुभयो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.