समुद्रमुनि भेटियो पृथ्वीकै ठूलो ज्वालामुखी पहाड

वैज्ञानिकहरुले पृथ्वीमा अहिलेसम्मकै ठूलो ज्वालामुखी पहाड पत्ता लगाएको दाबी गरेका छन् । तर अनौठो के छ भने यो ज्वालामुखी पहाड प्रशान्त महासागरको सामुदि्रक लहर भन्दा मुनि छ ।

tamu
नेचर जियोसाइन्स जर्नलमा छापिएको खबर अनुसार ३ लाख दश हजार वर्ग किलोमिटर क्षेत्रमा फैलिएको उक्त ज्वालामुखी पहाडको नाम तमु मस्सीफ राखिएको छ र यो ज्वालामुखी पहाड मंगल ग्रहको ओलिम्पस मन्स ज्वालामुखी जत्रै मान्न सकिन्छ । स्मरण रहोस् मंगल ग्रहको उक्त ज्वालामुखील सौर्य मण्डलकै सबैभन्दा ठूलो ज्वालामुखी हो ।
प्रशान्त महासागरमा फेला परेको यो तमु मस्सीफ ज्वालामुखी पृथ्वीमा भएकेा अहिलेसम्मको ठूलो मौना लोआ ज्वालामुखी पहाड भन्दा ठूलो छ । तमु मस्सीफ समुद्रको सतह भन्दा २ किलोमिटर तल छ । यो ज्वालामुखी जापानको सिमा क्षेत्रभन्दा १६ सय किलोमिटर पूर्व पानी मुनि शेट्स्की राइज नामको पठारमा छ ।
वैज्ञानिकहरुका अनुसार यो ज्वालामुखी साढे १४ करोड वर्ष पहिले निर्माण भएको हो । अहिले यो ज्वालामुखी मृत भैसकेको र फेरी विस्फोटनको सम्भावना नरहेको वैज्ञानिकहरुले बताएका छन् ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.