जेलबाट फरार व्यक्ति भैसी चराउदै गर्दा पक्राउ

जेलबाट फरार भएका यादव जिल्ला प्रहरी कार्यालय सप्तरीमा ।
राजविराज, भाद्र २९ - सुनसरीको झुम्कास्थित क्षेत्रिय कारागारबाट सुरुङ खनेर फरार भएका विनय भनिने बिनायक यादवलाई सप्तरी प्रहरीले जिल्लाको गोबरगाढा गाविसबाट हिजो साँझ पक्राउ गरेको छ । पक्राउ परेका यादवलाई आज सप्तरी प्रहरीले पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको हो । सर्वसाधारणले दिएको सूचना आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएका प्रहरी टोलीले २८ वर्षीय यादवलाई गोबरगाढा टापुमा भैंसी चराईरहेको अवस्थाबाट पक्राउ गरेको हो । सुनसरीको सत्तेरझोरा ६ निवासी यादवले २०६४ सालमा सुनसरी प्रकाशपुर ६ का केशव कार्कीलाई गोली हानी हत्या गरेको थियो । सोही मुद्दामा २० वर्षको जेल सजाय भोग्ने क्रममा गतवर्षको २३ कार्तिकमा भारतीय तथा बंगलादेशी कुख्यात अपराधीहरुसँगै सुरुङ खनेर यादव पनि फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय सुनसरीले यादवको बारेमा सूचना दिनेलाई एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको र सोही अनुसार सूचना दिएको ब्यक्तिलाई उक्त पुरस्कार प्रदान गरिने सप्तरीका प्रहरी उपरीक्षक दिनेश अमात्यले जानकारी दिए । पक्राउ परेका यादवलाई आवश्यक कारबाहीकोलागि जिल्ला प्रहरी कार्यालय सुनसरीको जिम्मा लगाउने अमात्यले बताए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.