स्ववियु निर्वाचनमा ११ विद्यार्थी संगठनले संयुक्त उम्मेदवारी दिने


२८ वैशाख, काठमाडौं । एमाओवादीसहितका ११ दलसम्वद्ध विद्यार्थी संगठनले आगामी स्ववियु निर्वाचनमा संयुक्त उम्मेदवारी दिने भएका छन् । अखिल क्रान्तिकारीसहितका ११ विद्यार्थी संगठनको शनिबार बसेको बैठकले संघीयता, समानुपातिक निर्वाचन प्रणाली र समावेशीता पक्षधरसँग मोर्चाबन्दी गरेर देशभरी नै संयुक्त उम्मेदवारी दिने निर्णय गरेको हो । मोर्चाबन्दीमा माओवादी, फोरम नेपाल, फोरम लोकतान्त्रिक, तमलोपा, संघीय समाजवादी पार्टी, सद्भावना पार्टी, नेकपा माले लगायतका दलसम्वद्ध विद्यार्थी संगठन छन् । मोहन बैद्यले नेतृत्व गरेको नेकपा-माओवादीसम्वद्ध विद्यार्थी संगठनहरुसँग पनि छलफल भइरहेको क्रान्तिकारीका उपाध्यक्ष जागि्रत रायमाझीले जानकारी दिनुभयो । बैठकमा ठूलो प्रभाव भएकोलाई नेतृत्व दिने सैद्धान्तिक सहमति गर्दै तालमेलबारे गृहकार्य गर्न कार्यदल गठन गरेको छ । साथै त्रिभुवन विश्वविद्यालयले प्रस्ताव गरे अनुसार नै उपसभापति र उपसचिवमा समानुपातिक उम्मदेवार बनाउने सहमति भएको छ । भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.