लोग्ने बन्ने तयारीमा भुपु श्रीमती
महिलाले
श्रीमान बनाउनका लागि राम्रो पुरुष खोज्ने गरेको कुरा त नौलो भएन । तर के
महिलाले आफ्नै लागि असल श्रीमती खोजिरहेको कुरा सुन्नुभएको छ – सुन्ने कुरै
भएन । आखिर महिला त आफै श्रीमती हुने जात, लोग्ने पुरुष पो खोज्छन् त ।
तर पाकिस्तानमा भने एक श्रीमतीले राम्री
कन्याको खोजी गरिरहेकी छिन् ता की उनलाई बिहे गरेर आफु श्रीमान र उनीलाई
श्रीमती बनाउन पाइयोस् ।
गाजियावादकी बासिन्दा नागिना विवाहित
महिला हुन् । उनका श्रीमानको नाम उसमान अक्रम हो । बिहेको दुइ वर्षम्म
नागिना र उसमानको दाम्पत्य जिवन जेनतेन चल्यो । तर यौनिक रुपमा दुबैले
सन्तुष्टी प्राप्त गर्न नसकेपछि खालिदले श्रीमतीलाई डाक्टरकोमा लगे ।
डाक्टरकोमा गएपछि नागिना समलिंगी भएको पत्तो लाग्यो, त्यसपछि उनको लिंग
परिवर्तन गरियो र उनी पुरुष बनिन् र आफ्नो नाम खालिद राखिन् । त्यसपछि
खालिद र उसमान लोग्ने स्वास्नीको रुपमा नभै दुइ जना साथी साथीकेा रुपमा
बस्दै आएका छन् ।
आफ्नी श्रीमती बनाएर दुइ वर्षबिताएकी
नागिनालाई खालिद बनाएर उसमानले खालिदका लागि र आफ्नै लागि समेत गरि दुइ
कन्याको खोजि गरिरहेका छन् अहिले । साँच्ची कस्तो अचम्म हँ ?
0 comments
Write Down Your Responses