१८ बर्षको उमेरमै गर्छन सेक्स नेपाली युबा युवती

नेपाली किशोरकिशोरले सरदर १८ बर्षको उमेरमा पहिलोपटक शारिरिक सम्पर्क राख्ने गरेको एक अध्ययनले देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलोपटक गरेको यो अध्ययनमा १० देखि २४ वर्ष उमेरका १४ हजार सात सय ५४ जना किशोरकिशारीलाई सहभागिता गराइएको थियो ।

सो अध्ययनले सात प्रतिशत किशोरकिशोरीहरुले १५ बर्ष उमेर नपुग्दै शारिरीक सम्पर्क राख्ने गरेको देखाएको छ । अध्ययन अनुसार यो उमेर समूहका ७२ प्रतिशत किशोरकिशोरीले शारिरीक सम्पर्क राखेको देखाएको छ । यस्तै अध्ययनले २४ प्रतिशत किशोरकिशोरीले आफ्नो ब्वाइफ्रेन्ड र गर्लफ्रेन्डसँग सहवास गर्ने गरेको देखाएको छ । तीन प्रशितले चाहि आफूले चिनेकासँग शारिरीक सम्पर्क राख्ने गरेको सर्वेक्षणमा देखाएको छ ।
नेपाली किशोरकिशोरीहरुमा सुरक्षित यौन सम्पर्कका विषयमा भने त्यति जानकारी नभएको पनि अध्ययनले देखाएको छ । अध्ययनको अनुसार ११ प्रतिशतले मात्र सुरक्षित यौन सम्पर्क गर्नु पर्छ ज्ञान भएको देखाएको छ । सर्वेक्षणले १५ देखि १९ वर्ष उमेर समूहका ६ प्रतिशत किशोरीले बच्चा जन्माउने देखाएको छ । ५३ प्रतिशत युवक र ३८ प्रतिशत युवतीले आफैले छनोट गरेर विवाह गर्ने गरेको देखाएको छ । ७२ प्रतिशत युवक ६२ प्रतिशत युवतीले प्रेमविवाहलाई उपयुक्त मानेका छन् ।
स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको सो सर्वेक्षणले युवतीको विवाह गर्ने उमेर २० वर्ष पार गरेको हुनुपर्ने भए पनि यो उमेर नपुग्दै विहे गरेको पनि देखाएको छ । एकतिहाईभन्दा बढी युवतीले विवाहकै कारण पढाइ बीचमै छोड्ने गरेको देखाएको छ । अधिकांश युवतीले बिहेपछि घरधन्दा समाल्नुपर्ने र बच्चा जन्माउनुपर्ने जिम्मेवारीले गर्दा पढाइलाई बीचमा छाड्नु परेको बताएका छन् ।
सर्वेक्षणले १० देखि २४ वर्ष उमेर समूहको ६५ प्रतिशत युवक र ५८ प्रतिशत साक्षर रहेको देखाएको छ । तीमध्ये ७३ प्रतिशत युवक र ५८ प्रतिशत युवती छन् । सर्वेक्षण अनुसार यो उमेर समूहका १२ प्रतिशत युवती र पाँच प्रतिशत युवक कहिल्यै स्कूल नगएको समेत देखाएको छ । आमाबाबुले नै स्कूल नपठाएको कारण उनीहरु स्कूल नगएको बताएका छन् । सर्वेक्षण अनुसार १८ प्रतिशत किशोरकिशोरीले मादक पदार्थ सेवन र सात प्रतिशतले लागूपदार्थ प्रयोग गर्ने गरेका छन । यस्तै यस अध्ययनले शहरी क्षेत्रमा बसोबास गर्ने ८८ प्रतिशत र ग्रामिण क्षेत्रका ६६ प्रतिशत किशोरकिशोरीले मोबाइल फोन प्रयोग गर्ने गरेका छन् ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.