विनीताको वन पिस झरेपछि…


उसै त चपली हाइट गर्र्ल, त्यसमाथि अवार्ड समारोह । चपली हाइटको ईमेजअनुसार ग्ल्यामर त हुनै पर्यो बिनीता बराललाई ।
कार्यक्रम थियो डिजीटल फिल्म अवार्र्डको । समारोहमा नाम चलेका कलाकारको उपस्थिति न्युन थियो । तर जति उपस्थित थिए, उनीहरु नै काफी थिए अवार्डको आकर्षणका लागि । बिनीता पनि आकर्षणकै पात्र थिइन् । उनलाई आकर्षणको पात्र बनाएको थियो, उनको वन पिस पहिरनले ।
पुरै ढाड देखिने रातो वन पिसका कारण विनीता जता जता जान्थिन्, समारोहका सहभागीहरुको आँखा उनलाई पछ्याईरहेका हुन्थे । यस्तैमा नयाँ नायिका विधाको अवार्डविजेतामा मञ्चबाट बिनीताकै नाम घोषणा भयो । नोमिनेशनमा पर्ने फिल्मकर्मीको रोको पहिलो लहरमा बसेकी बिनीता अवार्ड लिन मञ्चमा जान जुरुक्क उठिन् । सबैको नजर उनीतिरै थियो । उठ्ने क्रममा उनको वन पिसले धोका दियो । वन पिस तल सर्यो । सहभागीहरुको आँखाले उनलाई नै पछ्याइरहेको थियो । वन पिस झरेपछि विनीता जति लजाइन् त्योभन्दा बढी उनीसँगै बसिरहेका नवल खड्का, राजाराम पौडेल, संयम पुरीहरु लजाए । पछाडिको रोमा बस्नेहरु पनि उनैलाई क्वारक्वारती हेरीरहेका थिए । स्थिति बझेपछि विनीता आफैँ सम्हालिइन् । अनि वन पिस मिलाउँदै मञ्चमा पुगिन् । लुगा लगाएर मात्र हुँदैन नि बिनी, त्यसलाई सम्हालेर लगाउन पनि जान्नु पर्छ
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.