सुन्दर देखिनके गर्नुपर्छ त?
भिडियो सहित हेर्न तल क्लिक गर्नुहोला :

खानपिनको सीधा प्रभाव हाम्रो मुहारमा पर्छ । पोषक गुणले भरपूर खाद्यपदार्थले शरीरसँगै अनुहारलाई पनि फाइदा पुर्याउँछ । पेट भर्नका लागि मात्र खाएको खाद्यपदार्थले मुहारमा चाहिने पौष्टिक तत्त्व नदिन पनि सक्छ । त्यसैले मुहारमा चमक बढाउने खालका खानपिनमा ध्यान दिनुस् ।
- अनुहारमा चमक ल्याउन अन्न, दलहन तथा फलफूल, हरिया सागपात खानुपर्छ । माछा, मासु पनि फाइदाकर नै हुन्छ ।
- अनुहारको दाग या धब्बाबाट छुटकारा पाउन पानीजस्तो असल पदार्थ कुनै हुँदैन । पानीले शरीरको विषालु पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ । हर्बल टी, सुप, फलफूल या सब्जीको जुस पनि पिउन सक्नुहुन्छ । त्यसमा १० प्रतिशत पानी हुने गर्छ । दिनभरमा कम्तीमा डेढ लिटर पानी अवश्य पिउनुपर्छ ।
- प्रोटिन पनि आवश्यक हुन्छ मुहारको चमक बढाउन । यसका लागि माछा, मासु, अण्डा, दूध, दही, पनिर या दाल खान सकिन्छ । प्रोटिनवाला खाद्य पदार्थले मुहारको कोषिका निर्माणमा मद्दत गर्छ ।
- कागती, अमला, अंकुरित दाल वा हरिया खुर्सानीमा भिटामिन ‘सी’ पाइन्छ । यसलाई आहारको हिस्सा बनाउनुस् । मुहारमा लचिलोपना लाउन भिटामिन ‘सी’ अति आवश्यक छ ।
- बीज हुने फलहरू तरबुजा, खरबुजा, मेवा, आरुबखरा, जामुन, लिची आदि पनि मुहारको सौन्दर्य बढाउन उपयोगी छन् ।
- नियमित रूपमा हरिया सलाद सेवन गर्नुपर्छ, जसमा बिटा केरोटिन, भिटामिन ‘सि’, भिटामिन ‘ई’ पाइन्छ । यी तत्त्व मुहार चम्किलो बनाउने महत्त्वपूर्ण एन्टिअक्सिडेन्ट हुन् । (एजेन्सी)
भिडियो सहित हेर्न तल क्लिक गर्नुहोला :
0 comments
Write Down Your Responses