कोरिया जाने तयारीमा हुनुहुन्छ ? एकनजर यता दिनुहोस् !
बिहानको २/३ बजेको चिसो सिरेटो, दशरथ रंगशालामा बेरोजगार हजारौं हजार युवाहरु हातमा फारम बोकेर कोरिया जाने मिठो सपना साँची तछांड-मछाड गर्दै अगाडि बढिरहेका थिए।त्यो भिडमा यो पंतिकार पनि सामेल थियो।२००८ को इपीएस, केएलटी परिक्षामा सामेल भै २०१० मा कोरिया प्रवेश गरेको पनि आज ३ बर्ष पुरा भैसकेको छ।यसै बीचमा २०१० र २०११ समेत गरी ३ चोटि भाषा परीक्षा भै आजसम्म लगभग १७ हजार नेपाली युवा कोरियामा प्रवेश गरिसकेका छन् र फेरि यही बर्षको अक्टोबर तिर अर्को भाषा परीक्षाको तैयारी हुदैछ।
यसरी एकातिर देशमा चरम बेरोजगारीले गर्दा युवाहरुको विदेश पलायन बढिरहेको छ, अर्कोतिर सुरक्षित र भरपर्दो रोजगारीको अभावमा तड्पिरहेका युवालाई सरकारी तवरबाट निष्पक्ष तरिकाले पठाइने हुँदा कोरिया आकर्षक तथा भरपर्दो गन्तब्यको रुपमा बिकसित हुदै छ। तर के कोरियाको रोजगारी साच्चिकै सुरक्षित भरपर्दो, आकर्षक, जोखिममुक्त छ रु के सबैको कोरिया सपना पुरा भएको छ त रु ३ बर्षको रोजगारीको शिलशिलामा यस पंक्तिकारले प्रबासी मजदूरहरुले भोग्नुपर्ने जे जस्ता समस्या देख्यो, जे भोग्यो, जे छाम्यो, त्यो जस्ताको त्यस्तै प्रस्तुत गर्न चाहन्छ।हुन् सक्छ यो पंक्तिकारले देखेको, बुझेको, भोगेको दुख कष्ट र पींडा अनि अनुभव गरेको कोरिया सबैको जीवनमा लागू नहुन सक्छ, कयौंको कोरिया सपना पुरा भएको हुन् सक्छ । तर यो अघिकांश साथीहरुले भोगेको दुख र कष्टर पीडा हो भन्ने मेरो विश्वास छ ।
भाषिक तथा साँस्कृतिक भिन्नता
कुनै पनि देशमा जाँदा त्यो देशको भाषा, संकृति, रहनसहन, चालचलन, भौगोलिक बनावट आदिबारे राम्रो ज्ञान हुनु जरुरी हुन्छ । अझ रोजगारीका लागि विदेशिनेहरु त त्यो देशका जनतासँग प्रत्यक्ष सम्पर्कमा रहनुपर्ने हुनाले अत्यावश्यक जस्तै हुन्छ। रोजगारीका लागि कोरिया आउने बिदेशी मजदूरले भोग्नुपर्ने सबभन्दा ठुलो र जर्जर समस्या पनि यहि नै हो। कोरियामा अंग्रेजीजस्तो बिश्वव्यापी भाषाको प्रचलन नै छैन। त्यसैले सरकारी कामकाज र बोलचालमा पनि कोरियन भाषा नै बोल्नुपर्ने हुन्छ। सामान्य परिक्षामूखी भाषा पास गरेर आउने बिदेशी मजदूरलाई यही समस्याले गर्दा काममा अप्ठारो हुने मात्रै होइन, अनाहकमा गाली खाने, एउटा भन्दा अर्को काम गरिने, औधोगिक दुर्घटनामा परी अंगभंग हुन् सकिने, आफ्ना मनका कुरा अभिव्यक्त गर्न नसकी साहु तथा मेनेजरको हेपाहा प्रवृति सहन बाध्य हुनुपर्ने जस्ता समस्याहरु आउन सक्छन् । यही भाषिक ज्ञानको अभावले गर्दा कयौं साथीहरु दुर्घटनामा पर्दा पनि बिमा बापत पाउनुपर्ने रकम नपाएका र आफुप्रति भएको अन्याय अभिव्यक्त गर्न नसकी मानसिक रोगी भएका धेरै उदाहरण छन् ।
अझ कोरियामा रोजगारीमा आउने कुनै पनि देशको संस्कृति, परम्परा र रहनसहन कोरियनसँग मिल्दो-जुल्दो छैन । त्यसकारण यहाँका जनतासँग कामदारको भावनात्मक सम्बन्ध सुमुधुर हुन सकेको छैन।यसरी भाषिक तथा संस्कृतिक विविधताका कारणप्रबासी मजदूरहरुको कोरिया बसाई सहज बन्न सकिरहेको छैन। कोरियन मूलका चाइनिज नागरिक यहि भाषिक तथा संकृतिक सामिप्यताले गर्दा कोरियनका रोजाई भित्र पर्दछन।
मजदूरमारा श्रम नियम
यहाँ श्रमसम्बन्धी जे-जस्ता नियम, कानूनहरु बनेका छन् ,ती सब साहु हितकर छन् र मजदूरहरुलाई तिनीहरुको दासत्व स्वीकार्न बाध्य पारिएको छ। कामदार राख्ने, निकाल्ने, भिसाअबधि थप गर्ने, नगर्ने र मजदूरको बारेमा सम्पूर्ण निर्णय गर्ने अधिकार श्रम विभाग अन्तर्गत साहुलाई दिइएको छ। मजदूरको चाहनाले मात्रै यहाँ केहि हुनेवाला छैन। यसैले कामदारलाई बल जफ्ती काममा लगाउादा, थर्काउादा, मानसिक तनाब दिंदा, समयमा तलब नदिंदा वा उस्तै पर्दा हातपात गर्दा पनि सुनी दिने कुनै निकाय छैन। भएका श्रम बिभागहरुले पनि साहुकै पक्षमा बोलिदिने हुँदा कामदारहरु अघोषित दास प्रथा स्वीकार गरी काम गर्न बाध्य छन्।
बिगतमा कम्पनी परिबर्तन गर्न चाहने बिदेशी मजदूरहरुलाई यहाँको श्रम बिभागबाट कम्पनी बिवरण उपलब्ध गराएर कम्पनी रोज्न पाउने नियम अहिलेलाई बन्द गरिएको छ र सो अधिकार पनि साहुमा नै समायोजन गरिएको छ। यसरी यहाँकै अनुकुलता र साहु हितकर श्रम नियमको कारणले कामदार साहुको अगाडि नतमस्तक भएर काम गर्न बाध्य पारिएको छ। ५ बर्षमा बढीमा छ चोटी कम्पनी परिबर्तन गर्न पाउने नियम बनाएको कोरियन सरकारले फेरि पाँच बर्षसम्म कम्पनी परिबर्तन नगर्ने कामदारहरुलाई अर्को पाँच बर्षको भिषा थपिदिने र परिबर्तन गर्ने कामदारको हकमा भने फेरि भाषा परीक्षा पास गरेर मात्रै कोरिया प्रवेश पाउनेजस्तो विवादस्पद, द्वैध चरित्रखालको नियम बनाएको छ, जसले गरिव देशका कामदारलाई जस्तोसुकै दुख, पीडा र कष्ठ सहेर पनि कम्पनी सर्न नपाउने गरी बाँधिदिएको छ।
विदेशीलाई हेर्ने दृष्टिकोण
अरुको देशमा काम गर्न जाने विदेश कामदारहरुलाई तुच्छ, अनपढ, गरिव र पछौटे जस्ता विशेषण प्रयोग गरिन्छ। अझ कोरिया आफैं अन्तरिक द्वन्द्वमा पिल्सिएर चरम गरिवीबाट गुज्रिएको देश, बिदेशी भन्ने बितिक्कै भोका, नांगा नै होलान् भन्ने मानसिकताबाट ग्रसित छ। काम गर्दा जसको कारणले पनि बिग्रिन सक्छ, तर कोरियनको कारणले बिग्रिए पनि त्यसको भागीदार कोरियन नभई सोझा, ईमान्दार, बिदेशी कामदारहरुले भोग्नु पर्ने, अनाहकमा गाली र उस्तै पर्दा पिटाई पनि खानु पर्ने हुन सक्छ। यहाँ गोरो छाला भएका र अन्य बिदेशीहरुलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहारमा आकाश पातालको फरक हुन्छ। कोरियन मुलका चाइनिज र अन्य देशका नागरिकहरुलाई गर्ने व्यवहार, तलब, सेवा, सुविधामा पनि फरक हुन्छ।
यहाँ कोरियन साहु वा आँफू भन्दा उपल्लो दर्जावाला सहकर्मीले बोलेको कुरो, सिकाएको काम गर्ने तरिका त्यो कम्पनी वा ठाउँको लागि कानून बरावर नै हो, जसको पालना गरेमा ुकाम जान्नेु भइन्छ । तर, हुबहु पालना नगरी अलिकति फरक तरिकाले गरे पनि उनीहरुको नजरमा ुनिकम्पाु भइन्छ र शारीरिक तथा मानसिक यातना भोगी कामबाट खेदिने सम्भावना पनि रहन्छ।यहाँ अरुको सोचाई, काम गर्ने तरिका लाई कदर गरिादैन । साहु वा उपल्लो दर्जावालाले जे भने पनि ुहुन्छ-हुन्छ, बुझें बुझें भनेर काम गर्नुको बिकल्प छैन ।यसरी प्रवासीहरुलाई बुद्धि, बिबेक, सोचाविहिन ुरोबर्टुको रुपमा काममा लगाईन्छ ।
शारीरिक प्रतिकुलातापूर्ण काम
सानैबाट आमा-बाबाको लाड़-प्यारमा हुर्किएर मीठो मसिनो नै खाएर क्याम्पसतिर हानिएका, मानसिक तथा शारीरिक श्रम गर्न बानी नपरेका व्यक्तिहरु नै हुन् कोरियामा आउने नेपाली श्रमिकहरु। कोरियाको श्रम भट्टीमा प्रवेश गर्ने बित्तिकै गह्रौ भारीहरु उचाल्नु पर्ने, जुलाई र अगष्टको गर्मीमा पनि अल्मुनियम र फलामका भट्टीहरुमा बसेर धातुहरु गाल्नु पर्ने, वजनवरी र फेबु्रअरी को -२१देखि -२२ डिग्री सेन्टिग्रेडसम्म जाडोमा दिन-रात नभनी समुन्द्रमा माछाका जालहरु हान्नुपर्ने, जाडोमा फलाममा खाक्सी दल्नुपर्ने, गह्रुङ्गा फूलका गमलाहरु लोड-अनलोड पर्ने, एकोहोरो निहुरिएर खेतीपातीको काममा लाग्नुपर्ने, बिहानै सबेरै बस्तुभाउ स्याहारमा जुट्नुपर्ने जस्ता कामहरु गर्नुपर्ने हुन्छ।
कुनै पनि काममा एकोहोरो लागिरहनु पर्नेहुँदा सारै गाह्रो हुन्छ। एउटा नट-बोल्ट पनि राम्ररी कस्न नजानी आउने हामी नेपालीहरु अनिबार्यरुपमा सैनिक तालिम लिएका काममा निपूर्ण कोरियनहरुसँग युद्वस्तरमा काम गर्नुपर्ने हुन्छ। सानैबाट कामसम्बन्धी तालिम लिएका, यहींको हावा-पानीमा हुर्किएर काममा निपूर्ण कोरियनहरुसँग उनीहरुकै गतिमा काम गर्नुपर्ने हुँदा कयौं कार्यस्थलमै अंगभंग भएर जीवनभर पछुताउदै बस्न बाध्य छन् भने अधिकांश कामदार साथीहरु कुनै न कुनै दीर्घ रोगी भएर देश फर्किनुपर्ने बाध्यता छ।
सम्झौताभन्दा बढी काम गर्नुपर्ने बाध्यता
कोरियामा उत्पादनमूलक कम्पनीहरुमा काम गर्ने कामदारको हकमा मात्रै श्रम कानुनको मापदण्ड लागु हुने र अन्य कम्पनीहरु जस्तै मत्स्यपालन र कृषिमा आधारित सानो पुँजी लगानी गरेर पारिवारिक वातावरणमा खोलिएका कम्पनीहरुमा लागु नहुने हुँदा थोरै तलबमा दिनको १३-१४ घण्टासम्म काम गर्नुपर्ने बाध्यता छ। यसरी तोकेको तलब सेवा सुबिधा नपाएर मत्स्यपालन र कृषि भिसामा आएका साथीहरु भागेर गैरकानुनी रुपमा लुकेर कम्पनीहरुमा काम गर्नेको संख्या उल्लेख्य मात्रमा छ। अझ कृषि र मत्स्यपालन कम्पनीका साहु र कामदार प्रायस्जसो अनपढ हुने, उनीहरुलाई काम र दामको बारेमा मात्र थाहा हुने तर अन्य ब्यबहारिक पक्ष त्यति थाहा नहुने हुनाले काम गरिसकेपछि तलब माग्दा कामदारलाई कुटेर लखेटेका उदाहरण पनि प्रसस्त छन् ।
तर साहु र अन्य सहकर्मीको यस्तो ज्याजति र अन्यायको बारेमा रिपोर्टिङ्ग गर्न जाँदा पनि रोजगार केन्द्रहरुले कोरियनकै पक्षमा बोलिदिने हुँदा कामदार बाध्य भएर चुपचाप काम गर्नु पर्छ नत्रभने भागेर गैरकानुनी हुनुको विकल्प छैन। सानो पूंजी लगानी गरेर खोलिने कृषि र मत्स्यपालन उधोगहरुमा सिजनको बेलामा २४ सै घण्टा काम गर्नुपर्ने हुन्छ र अप-सिजनको बेलामा काम नहुने हुँदा कयौं राम्रा साहुहरुले कामदारहरुलाई टिकट काटेर घरमा पठाउछन् । तर नराम्रो नियत भएकाहरुले कामबाट लखेटेका उदाहरण प्रशस्तै पाईन्छन्
सोचे, सम्झेजस्तो नहुनु
नेपाल छँदा कोरिया संम्न्धि जे-जस्ता भ्रम ब्याप्त छ, कोरियाको श्रम भट्टीमा प्रवेश गर्नेबित्तिकै सपनाको महल क्षण भरमै तासको महलमा परिणत हुन पुग्छ र उसलाई बेचैन हुन्छ। कोरियामा पैसाको बोट छ, टिप्न सके बोरा भरेर ल्याउन सकिन्छु भन्ने मिथ्या र कोरा मानसिकता बोकेर आएको यहाँको यथार्थता ज्ञान हुने बित्तिकै ऊ मानसिक तनावमा आउन थाल्छ। दिनरातको काम, काम गर्दा सहकर्मीको कच्-कच्, साहुको थर्काई, समयमा पैसा नपाउने, घरबाट बारम्बारको किच-किच आदि कारणले ऊ मानसिक पीडामा पर्न थाल्छ।
४/५ बर्ष कोरिया बसेपछि एउटा राम्रो घर,आधुनिक जीवनशैलीमा रमाउन पाइने कोरा सपना पुरा नहुने देखेपछि, यहाँको दुख, कष्ट र यातनामय रोजगारीबाट दिक्क हुन पुग्छ र भित्र-भित्र एक्लो महसुस भई मानसिक रोगी भएर घर फर्किन बाध्य हुन्छ। नेपालमा छंदा मानसपटलमा कोरिएको भविष्यको मार्गचित्र पुरा नहुने भएपछि, यहाँको कामको चाप र अन्य तनाबको कारणले कोरियामा आत्महत्या गर्नेको संख्या उलेख्य मात्रामा बढिरहेको छ।
कोरियामा नेपालको दुताबास त छ तर प्रभावकारी रुपमा काम गर्न सकिरहेको छैन। नेपालीहरु भरिया, हलि, माझीहरु हुन्, इपीएस एलटी परिक्षामा १ सय किलोको बोरा बोकाउनुपर्छ भन्ने अभिव्यक्ति दिई नेपाल र नेपालीलाई होच्याउने तर हामीले दुख गरेर पठाएको रेमिटेन्स र तिरेको तिरोबाट तलब खाने व्यक्ति नेपाली राजदुत छन् भने हामीले आपत-बिपतमा कोबाट सहयोगको आशा गर्ने रु यो मननयोग्य बिषय हो। अर्को कुरो, कोरियामा मजदूरको हकहितका लागि भनेर धेरै संघ-संस्थाहरु खुलेका छन् तर, प्रायस् निस्कृयजस्तै छन्। सक्रिय रुपमा रहेको एमटियु जस्ता संस्था पनि कामदारको पहुँचमा छैन। यसैले दुख, कष्ट आपतबिपत पर्दा पनि कामदारले एक्लै सामना गर्नु पर्ने हुन्छ।
यसरी कोरियाको रोजगारी दुख, कष्ट, यातनाले भरिएको छ । गरिव देशका दुखी जनता केही गर्न र बोल्न सक्दैनन्, उनीहरुमाथि जे-जस्तो दुख लादे पनि हुन्छ, जे गरे पनि हुन्छ भन्ने मानसिकताबाट यहाँको सरकार, सरकारी निकाय र साहुहरू ग्रसित छन्। यहाँको नियम कानून कोरियन तथा गैर-कोरियन कामदारहरुमा बराबर छैन, कोरियनले सहकर्मी बिदेशी कामदारलाई हात-पात गर्दा, अपशब्द बोल्दा पनि यहाँको कानूनले छुदैन, तर कोरियनसँग सामान्य मुख लगाउँदा पनि बिदेशीमाथि कानूनी दण्डा बर्सिन्छ। उस्तै परे देश निकालासम्म पनि गरिन्छ। काम र दामको बारेमा मात्रै थाहा हुने तर अन्य ब्यबहारिक पक्षबारे यहाँका साहुहरूलाई थाहा नहुने हुँदा बिदेशी कामदारका के कस्ता हक, हित र अधिकार छन्, जानेर बुझेर मात्रै आउनुपर्ने देखिन्छ। भाषाको कारणले यहाँ धेरै समस्या पर्ने हुँदा परीक्षामुखी होइन,ब्यबहारिक रुपमा भाषा सिकेर आउनु पर्ने देखिन्छ।
- टाँडी चितवन, हाल दक्षिण कोरिया
भिडियोको लागी तल क्लिक गर्नुहोला यसरी एकातिर देशमा चरम बेरोजगारीले गर्दा युवाहरुको विदेश पलायन बढिरहेको छ, अर्कोतिर सुरक्षित र भरपर्दो रोजगारीको अभावमा तड्पिरहेका युवालाई सरकारी तवरबाट निष्पक्ष तरिकाले पठाइने हुँदा कोरिया आकर्षक तथा भरपर्दो गन्तब्यको रुपमा बिकसित हुदै छ। तर के कोरियाको रोजगारी साच्चिकै सुरक्षित भरपर्दो, आकर्षक, जोखिममुक्त छ रु के सबैको कोरिया सपना पुरा भएको छ त रु ३ बर्षको रोजगारीको शिलशिलामा यस पंक्तिकारले प्रबासी मजदूरहरुले भोग्नुपर्ने जे जस्ता समस्या देख्यो, जे भोग्यो, जे छाम्यो, त्यो जस्ताको त्यस्तै प्रस्तुत गर्न चाहन्छ।हुन् सक्छ यो पंक्तिकारले देखेको, बुझेको, भोगेको दुख कष्ट र पींडा अनि अनुभव गरेको कोरिया सबैको जीवनमा लागू नहुन सक्छ, कयौंको कोरिया सपना पुरा भएको हुन् सक्छ । तर यो अघिकांश साथीहरुले भोगेको दुख र कष्टर पीडा हो भन्ने मेरो विश्वास छ ।

0 comments
Write Down Your Responses