योनी पढाउँदा जागिर चट्
भिडियो सहित हेर्न तल क्लिक गर्नुहोला :
शिक्षक भएपछि पाठमा भएको कुरा  विद्यार्थीलाई पढाउनु उसको धर्म हो वा अहम् कर्तव्य पनि हो । तर कहिलेकाहीँ  किताबमै भएको वा सबैले जानेको कुरा पढाउँदा पनि फसाद पर्दो रहेछ ।  अमेरिकामा भएको छ यस्तै । विद्यार्थीहरुलाई योनीका विषयमा पढाउँदा त्यहाँ  एकजना शिक्षकको जागिरै गएको छ ।
अमेरिकाको उत्तर पश्चिमी इदाहो राज्यमा एक  जिव विज्ञानका शिक्षकले महिला गुप्तांग अर्थात् योनीको बारेमा पाठ पढाएका  कारण जागिरबाट हात धुनु परेको हो । विचरा ति शिक्षक आखिर पुस्तकमै भएको पाठ  पढाएका थिए । तर विद्यार्थीहरुलाई पढाउने बेलामा बुझाउने निहुँमा धेरैपटक  योनीको नाम लिएको आरोपमा उनलाई जागिरबाट हटाइयो ।
मेक डेनियल नामका ती अभावीले १० कक्षाको  जिव विज्ञान विषयमा रहेको प्रजनन अंग अन्तरगत महिलाको योनीको विषयमा पाढ  पढाउँदा यस्तो बज्रपात सहनुपरेको हो ।
समाचार अनुसार विद्यार्थीहरुले कक्षामा  पढेको उक्त पाठका विषयमा घरमा गएर आफ्ना बाउआमालाई बताएछन् । तब बाउआमाले  ती शिक्षकले आफ्ना छोराछोरीलाई अश्लील कुरा सिकाएको भन्दै स्कुल प्रशासनसँग  उजुरी गरे ।
स्मरण रहोस् ती शिक्षकले योनीको बारेमा  पढाउँदा भिडियो समेत देखाएर योनीमा कसरी संक्रमण हुन्छ र गर्भाधान रोक्ने  लगायतका विषयमा समेत उदाहरण सहित पढाएका थिए ।
ती शिक्षकले आफ्नो सफाइ पेश गर्ने क्रममा आफुले पाठ्यपुस्तकमै भएको कुरा पढाएको र त्यो पढाउनु अपराध नभएको बताएका छन् ।
भिडियो सहित हेर्न तल क्लिक गर्नुहोला :



0 comments
Write Down Your Responses