२१ वर्षे युवतीले पाइन् ७ किलोको घोर्ले छोरो (फोटो फिचरसहित)
भिडियो सहित हेर्न तल क्लिक गर्नुहोला :
स्वस्थ बच्चाको तौल जन्मिदाखेरी बढिमा ४  किलोसम्म हुन्छ । तर बेलायतकी एक युवतीले भने ७ किलो भन्दा पनि बढि तौलको  छोरो जन्माएकी छिन् । त्यो पनि कुनै अप्रेसन बिना । २१ वर्षकी जेड प्याकरले  ७ किलोको बच्चा जन्माएकी हुन् । बेलायतको ग्लुसेस्टरसायरकी ती युवतीले  फेब्रुअरी एघारमा उक्त भिमकाय बच्चा जन्माइन् ।

१६ घण्टाको अथक प्रयास र प्रसव वेदना सँगै  उनले छोरो पाउन सफल भइन् । बच्चा जन्मिने बेला ठूलो आकारको रहेकाले त्यसको  काँध योनीभित्रै धेरैबेर अडि्कएका कारण झण्डै आमा र बच्चा दुबैको ज्यान  गएको थियो । दश मिनेटसम्म त्यसरी बच्चा अडि्कएपछि अक्सिजनको कमीका कारण  उक्त बच्चा बाँच्ने सम्भावना केवल १० प्रतिशत मात्र थियो । तर अन्ततः  सफलतापूर्व बच्चा जन्मियो र बाँच्यो पनि ।
जन्मिँदै निकै सप्रेको त्यो बच्चा र  आमालाई ६ हप्तासम्म अस्पतालमै राखिएपछि बल्ल डिस्चार्ज गरेर घर पठाइएको छ ।  ६ हप्तामै त्यो बच्चा २ फिट २ इन्च अग्लो भैसकेको छ । उसको लागि ६ महिनाका  बच्चालाई हुने साइजका लुगाफाटो चाहिन्छ । त्यो बच्चोका आमाबुवा दुबै २१  वर्षका छन् ।
भिडियो सहित हेर्न तल क्लिक गर्नुहोला :







0 comments
Write Down Your Responses