रक्सी, गाँजादेखि गिनिज रेकर्डसम्म
भिडियो सहित हेर्न तल क्लिक गर्नुहोला :

हालैका वर्षमा उनले नै निर्माण गरेको तथा लस एन्जेल्समा सुटिङ गरी सन् २००७ मा प्रदर्शन एन्जेल्स रियालिटी शोहरू, जस्तै पेरिस हिल्टन्स माई न्यु बीएफएफमा खेलेर पनि उनले थुप्रै लोकप्रियता कमाइन् । सन् २०११ मा हिल्टनको नियमित जीवनमा आधारित रियालिटी सिरिज द वल्र्ड एकर्डिङ टु पेरिसलाई अक्सिजन च्यानलले प्रसारण गर्यो । उनकी आमा क्याथी अभिनेत्री र पिता रिचर्ड हिल्टन अभिनेता हुन् । रोमन क्याथोलिक धर्म मान्ने उनी अहिले पनि चर्च धाउँछिन् । चार सन्तानमध्ये जेठी उनका एक बहिनी र दुई भाइ छन् । उनले युवावस्था म्यानह्याटन, विभर्ली हिल्स र दि ह्याम्पटन्सस्थित वाल्डोर्फ–एस्टोरिया होटेलका सुइटमा बिताएकी थिइन् ।
भिडियो सहित हेर्न तल क्लिक गर्नुहोला :
उनले कन्वेन्ट अफ दि स्याकर्ड हार्टलगायत अन्य थुप्रै विद्यालयमा पनि अध्ययन गरिन् । सन् १९९९ को फेबु्रअरीमा विद्यालयको नियम तोडेको आरोपमा उनलाई क्यान्टखुरी विद्यालयबाट निष्कासन गरिएको थियो । उनले जुल्यान्डर, वन्डरल्यान्ड र दी क्याट इन दि ह्याटलगायत थुप्रै फिल्ममा अभिनय गरिन् । हाउस अफ वाएक्समा पेइज एडवार्ड्सको भूमिकामा टिन च्वाइस अवार्ड जितेकी उनी सन् २००६ को एमटीभी मुभी अवाडर््समा उत्कृष्ट डरलाग्दो भूमिकाका लागि मनोनयनमा परिन् । हालसालै उनले गोथ/रक म्युजिकल रेपो दि जेनेटिक ओपेरामा सर्जरी र पेनकिलर दुव्र्यसनी छोरी अम्वर स्विटको भूमिका निभाएकी छिन् ।
उनले लोकप्रिय टिभी कार्यक्रम दि ओसी, दि जर्ज लोपेज शो, लास भेगास, अमेरिकन ड्रिम्स, डग आटर डार्क, र मेरोनिका मार्समा अतिथि कलाकारको भूमिका निभाएकी छिन् । उनले अभिनय गरेका थुप्रै म्युजिक भिडियोमध्ये जोह्न ओट्सको इट गर्ल र एमिनेमको जस्ट लुस इटले निकै चर्चा बटुलेका छन् ।
सन् २००४ मा वार्नर ब्रोस रेकर्ड्सको सह–नाममा उनले खोलेको एरेस रिकर्ड्सद्वारा निकालिएको एल्बम सन् २००६ को २२ अगस्टमा रिलिज भयो । एक सातासम्म बिलवोर्ड–२०० को छैटौं स्थानमा रहन सफल यो एल्बम त्यति धेरै संख्यामा बिक्न भने सकेन । तर त्यसको स्टार्स आर ब्लाइन्ड बोलको गीत भने १७ वटा राष्ट्रमा टप–टेन हिटमा पर्यो । उनको दोस्रो एल्बमका गीतहरू जेलहाउस बेबी, प्लाटिनम ब्लोन्ड, क्रेभ, गर्ल ट्याक्स, माई बीएफएफ र पेरिस फर प्रेसिडेन्ट पनि लोकप्रिय रहे ।
सन् २००७ को मेमा निस्केको हार्पर्स बजार नामक पत्रिकामा उनले आफू प्रिन्सेस अफ वेल्स, डायना र मार्लिन मुनरोजति चर्चित व्यक्तित्व नभएको स्विकारिन् । तर सोही वर्ष उनलाई गिनिज वल्र्ड रेकडर््समा विश्वमा आवश्यकताभन्दा बढी चर्चामा ल्याइएकी व्यक्तित्वका दर्जा दिइयो ।
जापानी पर्स निर्माण गर्ने ‘समान्था थाभास’, गरगहना वितरक ‘एमोजोन डटकम’, पफ्र्युम निर्माण गर्ने ‘पार्लक्स फ्राग्रेन्सेज’ का लागि मोडलिङ गर्ने हिल्टन कुकुरलगायत अन्य विभिन्न पाल्तु जीवजन्तुको सौखिन छिन् । सन् २००४ को १२ अगस्टमा टिन्करवेल नामक कुकुर हराउँदा उनले फेला पार्नेलाई ५ हजार डलर पुरस्कारको घोषणा गरेकी थिइन् । उनले आफ्ना १७ वटा कुकुरलाई दामी लुगा पहिर्याइदिई सानदार ढंगले पालेकी छिन् । धेरै धनाढ्य र आकर्षक पुरुषहरूसँग प्रेमप्रसंग गाँस्दै आएकी उनी र उनका प्रेमी रिक सोलोमोनको घरमै निर्मित सेक्सभिडियो सन् २००३ मा सार्वजनिक भएको थियो ।
रक्सी, गाँजा र कोकिनका कारण बारम्बार विवादमा फस्ने गरेकी उनी तीव्र गतिमा कार चलाएको कारण पनि जेल पर्ने गरेकी थिइन् । सन् २०१० को २ जुलाईमा ब्राजिल र नेदरल्यान्डबीच फिफा वल्र्डकप फुटबलको खेल चलिरहँदा नेल्सन मन्डेला वे स्टेडियममा गाँजा तान्दै गर्दा प्रहरीले उनलाई रङ्गेहात गिरफ्तार गरेको थियो ।
0 comments
Write Down Your Responses