नयाँ दिल्ली, चैत २४ (एजेन्सी) - एक विज्ञापन एजेन्सीले बलिउड हिरोइन करिना कपुरलाई सुटिङमा आउन निजी चार्टर्ड विमान नै पठाएका छन। लखनउमा पति सैफअलि खानसँग रहँदै आएकी करिनालाई भोपाल सुटिङका लागि आउनुपर्ने थियो। समय बचत होस् भनेर विज्ञापन कम्पनीले करिना एक्लैलाई उडाएर ल्याउन विमान पठाएको हो। त्यसो त करिनालाई फिल्म सत्याग्रहको सुटिङका लागि भोपाल जानु नै थियो। करिना बिहेपछि पति सैफसँग फुर्सदको समय विताउँदै आएकी छिन। सैफ अहिले लखनउमा फिल्म बुलेट राजाको सुटिङमा व्यस्त छन्।


0 comments
Write Down Your Responses