अनुगमनको विरोध गर्दै मंगलबार सुनचाँदी पसल बन्द


वाणिज्य विभागको संयोकत्वमा सोमबार सुनचाँदी पसलमा गरेको अनुगमनको विरोध गर्दै मंगलबार राजधानीको प्रमुख व्यापारिक केन्द्र न्यूरोडका सबै सुनचाँदी पसल व्यवसायीले कारोबार बन्द गरेका छन् । सुन चाँदीको कारोबारमा आफूहरु ठगिएको गुनासो उपभोक्ताले विभागलाई गरेपछि विभागले न्यूरोडका केहि सुनचाँदी पसलहरुमा अनुगमन गरेको थियो । सो क्रममा व्यवसायीले चाँदी जोख्ने तराजुमा नै सुन जोख्ने गर्दै आएका, कम तौलको परिमाणमा कारोबार गरी व्यवसायीले उपभोक्ता ठग्दै आएको भेटिएको थियो ।मंगलबार पनि वाणिज्य विभागसहितको टोलीले अनुगमन गर्ने थाहा पाएपछि व्यवसायीहरुले विहानदेखि नै व्यवसाय बन्द गरेका थिए । व्यवसायीले कारोबार नै बन्द गरेपछि आफूहरु मारमा परेको उपभोक्ताले गुनासो गरेका छन् । सुन व्यवसायीहरुले भने अनुगमनका क्रममा सरकारले दक्ष प्राविधिक बिना अनुगमन गरेकाले त्यसको विरोध गरिएको जिकिर गरेका छन् । भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.