मेरो ईच्छा नहुँदा पनि पटक–पटक…….
भिडियो सहित हेर्न तल क्लिक गर्नुहोला :
सप्तरी जिल्लास्थित देउरी–२ का ३० वर्षीय विश्वनाथ साह आफ्नै पत्नीलाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् ।पत्नी आशादेवी साहले उजुरी दिए पछि विश्वनाथलाई सोमबार पक्राउ गरिएको प्रहरी निरीक्षक कुशवहादुर थापाले जानकारी दिए ।
आशादेवीले आफ्नो ईच्छा विपरित पटक–पटक जवरजस्ती करणी गरेको उजुरी प्रहरी समक्ष दिएकी छन् । ‘यौन सम्पर्क राख्न म तयार नहुँदा पनि कुटपिट गरेर जवरजस्ती करणी गरे,’ आशादेवीले उजुरीमा भनेकी छन् ।
पक्राउ परेका विश्वनाथलाई मंगलबार जिल्ला अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश अनुमति दिएको छ ।
साह माथि लागेको अभियोग प्रमाणित भए वैवाहिक जवर्जस्ती करणी मुद्दाको ३ नम्बर महल अन्तर्गत ३ महिना देखि ६ महिनासम्म कैद सजाय हुने कानून प्रावधान छ ।
पक्राउ परेका विश्वनाथले अर्को विवाह समेत गरका छन् । उनलाई बहुविवाहको मुद्दा समेत चलाएको प्रहरी निरीक्षक थापाले वताए ।
भिडियो सहित हेर्न तल क्लिक गर्नुहोला :


0 comments
Write Down Your Responses