तपाइको पहिरनसँग सेक्सको सम्बन्ध ………


म ३५ वर्षकी दुई सन्तानकी आमा हुँ । कहिलेकाहीँ कुर्ता–सुरुवाल नत्र अहिलेसम्म सारी–चोलो लगाउँदै आएकी छु । श्रीमान्ले विदेशबाट बुट्टेदार ब्रा, पेन्टी अनि ३–४ जोर सर्ट–पाइन्ट ल्याइदिनुभएको छ । ब्रा एकदमै गद्दादार भएकोले त्यसले मेरो शरीर यौनाकर्षक देखिन्छ रे । अनि सर्ट–पाइन्टले जीउडाल निकै राम्रो देखिन्छ रे । उहाँको जिद्दीले ती कपडा घरभित्र लगाएर देखाए पनि बाहिर निस्कन भने सकेकी छैन । के पहिरनको माध्यमबाट यौनाकर्षक देखिनु राम्रो हो ? पहिरन र यौनका विषयमा प्रकाश परिदिनुभए एक प्रति साधना किनेर श्रीमान्लाई देखाउने थिएँ । – गंगा, तनहुँ
परापूर्वकालदेखि नै तातो–चिसो, घाम–पानीबाट बच्न र गुप्ताड्ड छोप्न कुनै न कुनै कुराले शरीर ढाक्ने प्रचलनको सुरुवात भएको हुनुपर्छ । तर समय र सभ्यताको विकाससंँगै पहिरनमा पनि परिष्कृत हुँदै गएको पाइन्छ । अहिले गरगहनाले आफूलाई सजाउने कुरा पनि यसैसँग जोडिएर आउने गरेको देखिन्छ । शृड्डारको एक महत्त्वपूर्ण पाटो हो पहिरन । अहिले आएर पहिरनलाई यौनसँग जोड्ने गरेको पनि पाइन्छ ।
पहिरनमा अश्लीलताको प्रश्न
श्लीलताको कुरा गर्दा अन्य पक्षहरू भए पनि मूलभूत रूपमा भने यो कुरा पहिरनसँग गहिरोसँग जोडिएको छ । किनकि धेरै अर्थमा श्लील हुनुको अर्थ वा मापदण्ड शरीरको कुनै अड्ड कति देखाउनु वा छोप्नुसँग सम्बन्धित हुने गरेको पाइन्छ । यौनाड्ड प्रायः सबैजसो समाजमा देखाउन नमिल्ने अर्थात् छोपिने अड्डको रूपमा लिइन्छ, त्यसैले पनि गुप्ताड्ड भन्ने चलन रहेको पाइन्छ । हाम्रो समाजमा पनि सानैदेखि यौनाड्ड छोप्न कुनै लुगा लगाउन सिकाइन्छ ।
समुदाय वा समाज हेरी अन्य अड्डको सन्दर्भमा भने फरक–फरक नियम तथा मापदण्ड भएको पाउँछौं । कतै कपाल देखाउन नहुने हुन्छ त कतै शिर, कतै पाखुरा वा कतै गोडा । धेरैजसो स्थितिमा समान लिड्ड भएका व्यक्तिसँग शरीरका अड्ड देखाउन धेरै छुट हुन्छ भने बाह््य व्यक्तिको सन्दर्भमा सक्दो निषेध गरिएको हुन्छ । त्यसै गरी कुन अड्ड कति मात्रामा देखाउन मिल्ने भन्ने सन्दर्भमा उक्त व्यक्तिसँगको नातामा पनि धेरै भर पर्छ ।
त्यसबाहेक शरीरका अड्डहरू जस्तै– स्तन वा नितम्बको उभार छोप्नुलाई श्लील कुरा ठानिन्छ । कुर्तामाथि थप सल ओढ्नुपर्ने वा सारी र चोलोमाथि सप्को लगाउनुपर्ने कारणको सम्बन्ध पनि पहिरनको यौनसँगको सम्बन्ध नै हो । आधुनिक समाजमा अहिले महिलाले स्तनलाई छोप्नु आवश्यक कुरा ठानिए पनि कतिपय आदिवासी महिलामा यो बन्देज नरहेको अझै पनि पाउँछौं । कतिपय पश्चिमी समाजमा घुँडाभन्दा माथिको भाग देखिनुलाई श्लीलता तोडिएको नठानिए पनि शरीरको मध्यभाग नदेखाउने चलन छ भने कतिपय स्थानमा सारी–चोलो लगाउँदा शरीरको मध्यभाग देखाउनुलाई श्लीलता तोडिएको ठानिन्न । त्यसैले कति अड्ड देखाउने र कति छोप्ने वा पारदर्शी रूपमा देखाउने भन्ने कुरा सामाजिक परम्परा, समुदायमा भर पर्छ ।
विवाहमा यौनाकर्षक पहिरन
विवाहमा हामीले दुलाहा–दुलहीलाई विशेष पहिरनका साथमा सजाउने गर्छा । दुलहीले लगाउने पहिरनको विशेष रड्ड हुने गर्छ । चीन, भारत, नेपाल अनि भियतनामजस्ता मुलुकमा रातो पहिरनको प्रयोग गरिने चलन छ । रातो रड्डलाई सौभाग्य, सफलता तथा मड्डल सूचकको प्रतिक मानिन्छ । रातो रड्ड त्यसै पनि यौनाकर्षक हुन्छ, यसले प्रजनन क्षमतालाई पनि जनाउँछ । पश्चिमी मुलुकमा विवाहमा सेतो पहिरन लगाउने चलन छ । रानी भिक्टोरियाले विवाहमा लगाएपछि पश्चिमी समाजमा व्यापकता पाएको यो रड्डले पवित्रता तथा कौमार्य भड्ड नभएको जनाउ गर्छ ।

भित्री लुगा र यौन
अन्य लुगाभित्र छालामै टाँसिने गरी लगाइने लुगा भित्री लुगा हो । शरीरबाट हुने श्रावबाट बाहइ लुगालाई बचाउन यस्ता भित्री लुगा प्रयोग गर्ने गरेको पाइन्छ । चिसो मौसममा न्यानोको लागि विशेष भित्री लुगा लगाउने पनि गरिन्छ । परापूर्वकालमा लगाइने लड्डौटी वा कम्मरमा बाँध्ने कपडा (यिष्ल अयितज) नै सायद मानवले लगाउन थालेको पहिलो भित्री लुगा हुनुपर्छ । अति नै गर्मी प्रदेशमा भने यही पहिरन बाहिरी लुगाको रूपमा प्रयोग भएको पनि देखिन्छ । अहिले पुरुषले कट्टु (द्यचष्भाक, द्ययहभच) जस्ता भित्री लुगा प्रयोग गर्ने गरेको भेटिन्छ भने महिलाले ब्रेसियर (थुनचोली), पेन्टी प्रयोग गर्ने गरेको पाइन्छ । गन्जी भने दुवैले प्रयोग गर्ने गरेको पाइन्छ ।
अहिले यस्ता भित्री लुगा ‘यौन उत्तेजना’को सहयोगीका रूपमा प्रयोग हुन थालेको पाइन्छ । शरीरलाई यौनाकर्षक बनाउने प्रयोजनमा कुनै अड्ड छोप्न, कम देखाउन वा बढी देखाउन यस्ता लुगाको प्रयोग हुन थालेको छ । महिलाको शरीरको बीचको भाग पातलो देखियोस् र स्तनको उभार देखियोस् भनेर कोर्से (ऋयचकभत) को प्रयोग भएको देखिन्छ । त्यसै गरी स्तन उचालेर राख्न सहयोग गर्ने थुनचोली (बे्रसियर) जस्तो भित्री पहिरनको व्यापकता यति धेरै छ कि संसारको धेरै भागमा महिलाको यो आवश्यक पहिरनको रूपमा पुगिसकेको छ । भरिलो, कसिलो स्तन यौवनको प्रतिक हो र धेरैैको लागि यो यौन आकर्षक हुने गर्दछ ।
अहिले व्यापारीक रूपमा यस्ता भित्री लुगाको उत्पादन सुरु भएपछि यसको प्रचार, उपलब्धताका साथै यौनसँगको सन्बन्धले पनि व्यापकता पाएको छ । व्यापारिक प्रतिष्ठानले यसबाट ‘यौन आकर्षकता’ बढ्ने कुरालाई प्रमुख बनाएर बेच्ने गरेको पाउँछौं । यसलाई किन्ने वा उपयोग गर्ने व्यक्तिले पनि नजानिँदो किसिमले नै भए पनि त्यसैलाई ध्येय वा आधार बनाएको पाउँछौं । अत्यन्त न्यून परिहन वा लगाएको पहिरन पनि एकपछि अर्को बिस्तारै खोल्दै जानुलाई एकदमै यौन उत्तेजक क्रियाकलापको रूपमा लिइन्छ । कतिपय रात्रि क्लब वा मधुशाला (द्यबच) मा यसको व्यापकता निकै रहेको पाइन्छ ।
श्लीलताको लागि वा लज्जा नहोस् भनेर बाहिरी पहिरनले मात्रै नपुगेको अवस्थामा शरीरको अड्ड थप छोप्न भित्री लुगाको प्रयोग निकै भएको पाइन्छ । उदाहरणका लागि पातलो सारी केही पारदर्शी हुनसक्ने भएकाले पेटिकोटको प्रयोग भएको पाउँछौं । त्यस्तै माथिको पहिरनमा गन्जी लगाउने गरिन्छ ।
थुनचोली, पेन्टी वा पेन्टीहोजजस्ता भित्री लुगा हेर्दा वा स्पर्श गर्दा वा त्यसलाई लगाएको वा फुकालेको हेर्दा कतिपय व्यक्तिले यौन उत्तेजना प्राप्त गर्ने गर्छन् । रेशम तथा साटिनजस्ता वस्तुले बनेका भित्री लुगा बढी यौन उत्तेजनासँग जोडिएका छन् ।
पहिरनविहीन अवस्था
शरीरमा कुनै लुगा नलगाउनु नग्नता हो । कतिपय सांस्कृतिक परिवेशमा कम लुगा लगाउनु वा शरीरको कुनै भाग देखाउनुलाई पनि नग्नता भनिन्छ । आफ्नै इच्छाले अर्धनग्न हुन्छ भने उसमा लाजको भाव हुँदैन । नाड्डोपन भने व्यक्ति आफैँले नचाहेको अवस्थामा हुने गर्दछ । नाड्डोपन व्यक्तिले नचाहेर पनि शरीरमा वस्त्र वा लुगा नभएको वा कुनै अड्ड देखिएको अवस्था हो । यस्तो स्थितिमा व्यक्तिलाई निकै लाजको अनुभूति हुन्छ । कुनै व्यक्तिको वस्त्र उसले नचाहँदा नचाँहदै पनि दबाब दिएर जबरजस्ती फुकालिदिनु नङ्ग्याउनु हो ।
सामान्यतया हाम्रो समाज पर्याप्त पहिरनको आवश्यकता मान्ने समाज हो, तर पनि पूर्ण नग्न बस्न रुचाउनेको जमात पनि विकसित हुँदै गएको छ । उनीहरूले यसको लागि व्यापक अभियान नै चलाएका छन् । उनीहरूले सकारात्मक तथा सहजरूपमा नग्नतालाई लिएको पाइन्छ । नग्नतावादलाई अनैतिक, पापपूर्ण ठान्ने व्यक्तिहरू पनि समाजमा प्रशस्तै भेटिन्छन् । त्यस्तै यसलाई यौनिक रूपमा लिने गरेको पनि पाइन्छ ।
पहिरनबाट व्यक्तिको पहिचान र यौनाकर्षण
शृड्डारको साथै पहिरनमा धेरै ध्यान दिनु लगभग सबैको दिनचर्याको आवश्यक पक्ष बनेको छ । पहिरनसँग व्यक्तिको पहिचान जोडिएको हुन्छ । आफ्नो व्यक्तित्व र आत्मसम्मान यससँग जोडिएको हुन्छ । आत्मसम्मान कुनै पनि व्यक्तिको व्यक्तित्व अनि अर्को व्यक्तिसँग सम्बन्ध स्थापित गर्नको लागि महत्त्वपूर्ण हुन्छ । अर्को व्यक्तिसँग सम्बन्ध राख्नु मानव यौन तथा यौनिकताको आवश्यक पक्ष हो र जीवनको लागि अपरिहार्य हो । यौनसहित कतिपय कुरामा म कत्तिको खुला सोच वा आधुनिक विचारधाराको छु भन्ने प्रदर्शित गर्न पनि पहिरनको प्रयोग प्रमुख रूपमा रहेको पाउँछौं ।
‘यौन आकर्षण’ मानवमा हुने आकर्षणमध्येको प्रमुख हो र कुनै पनि व्यक्तिमा हुने एक मूल्यवान् सम्पत्ति पनि हो । विशेष परिस्थितिमा पहिरन यस्तो कुरा हो, जसले यौनको दृष्टिकोणले अर्को व्यक्तिलाई आकर्षण गर्न सहयोग गर्छ । पुरुषले पुरुषत्व झल्कने र महिलाले नारित्व झल्कने पहिरनको प्रयोग गर्दा त्यसले यौनाकर्षण बढाउन सहयोग मिल्ने गरेको भेटिन्छ । त्यसमा पनि रड्डको चयनको अति नै महत्त्व हुन्छ । हामीलाई थाहै छ, अन्य बेलामा नभए पनि विवाहको सन्दर्भमा कुरा छिनोफानो गर्दा वा जन्ती जाँदा सुन्दर वा सुन्दरी अनि आकर्षक देखिन सक्दो उत्तम पहिरनमा सजिने गर्दछौं ।
अर्कोतिर देह व्यापारमा लागेका व्यक्ति, त्यसमा पनि विशेष गरेर महिलाले लगाउने पहिरन अलि फरक किसिमको हुने गर्छ, जसले उनीहरूको पहिचान दिन र ग्राहकसँग सम्पर्क बढाउन सहयोग गर्छ ।
पहिरनको चयन
समाजमा विद्यमान् प्रचलनअनुसार त्यसमा कत्तिको विविधता छ, त्यसकै परिधिभित्र बसेर पहिरन लगाउनु उत्तम हो । लुगाको प्रयोग मानवले जुन कारणले सुरु गरेका थिए त्यो अझै पनि सान्दर्भिक छ । तातो–चिसो मौसम वा हावापानीअनुसार सम्पूर्ण स्वास्थ्यलाई ध्यानमा राखेर पहिरनको चयन गरिनुपर्छ । देनिकी जीवन होस् वा कामको लागि होस् आफूलाई सुहाउने, आकर्षक राख्न सहयोग गर्ने, आराम र सहज लाग्ने किसिमको पहिरन हुनु आवश्यक छ ।
पहिरन कुनै पनि व्यक्तिको व्यक्तिगत कुरा भए पनि केही हदमा आफ्ना नजिकका व्यक्तिले कस्तो ठान्छन् भन्ने कुरालाई पनि ध्यानमा राखेर चयन गरिनुपर्छ । पहिरनको सन्दर्भमा श्रीमान् वा श्रीमतीको विचार वा रुचि निकै महत्त्वपूर्ण हुने नै भयो । प्रचलनमा भएका पहिरनभन्दा साह्रै पुराना वा धेरै अड्ड प्रदर्शन हुने आधुनिक किसिमका पहिरन लगाउँदा श्रीमान्–श्रीमती दुवैलाई असजिलो पर्न सक्छ । यस अवस्थामा आवश्यकभन्दा बढी दबाब दिनु पनि राम्रो होइन । सबैभन्दा राम्रो कुरा त आपसी सल्लाह गरी दुवैलाई मान्य हुने पहिरनको चयन गर्नु नै उत्तम हुन्छ । पहिरनलाई सकारात्मकरूपमा प्रयोग गर्न सकिए यसले यौनजीवनमा पनि सकारात्मक प्रभाव पार्न सहयोग गर्छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.