रेजिनाका यस्ता रमिता

शिखरमा पुग्न जति सहज हुन्छ टिकिरहन उत्तिकै गाह्रो । शिखरमा टिकिराख्न चलचित्रकर्मी अनेक तरिका अपनाउँछन् । यसमध्ये एउटा हो, मिडिया प्रपोगान्डा । कलिउडभित्रका त्यस्ता कलाकार कमै होलान् जो स्क्यान्डलमा नपरेका हुन । यसैमध्येकी हुन्, नायिका रेजिना उप्रेती । निर्देशक शोभित बस्नेत र नायिका रेजिनासँग जोडिएर धेरै त्यस्ता गसिप मसला बने । उनीहरूको सम्बन्ध देखेर अचम्ममा पर्नेमा रंग पत्रकार थिए । तीन महिनाअघि बेलायत गएकी रेजिनाले उतैको एनआरएनसँग विवाह गरेको खबर आयो । तीन महिनाको बसाइपछि रेजिना स्वदेश फर्किने भएकी छन् तर उनी स्वदेश फर्किनुको पछाडि अरू कारण नभई, भिसाको समयावधि सकिनु रहेको बताइन्छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

,

0 comments

Write Down Your Responses

Powered by Blogger.