पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरोध
निगमले आज (आइतबार)देखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलमा २ रुपियाँ बढाएर प्रतिलिटर १ सय २५ रुपियाँ पुर्याएको छ । डिजेल र मट्टीतेलमा १ रुपियाँ बढेर एकसय रुपियाँ पुगेको छ । हवाई इन्धन पनि प्रतिलिटर १० रुपियाँ बढेर १ सय ३० पुगेको छ । निगमले ८ महिनाअघि मूल्य समायोजन गर्दै पेट्रोलको भाउ १ सय २५ बाट घटाएर १ सय २३ रुपियाँ प्रतिलिटरमा झारेको थियो । त्यति बेला निगमले पेट्रोलको मूल्य १ सय २३ हुँदा १० रुपियाँ फाइदा रहेको बताएको थियो । निगमका निमित्त कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालले अहिले मूल्य बढाए पनि मासिक कुल घाटा १ अर्ब रुपियाँ रहेको बताए । उनले उपभोक्तालाई सकेसम्म कम भार होस् र निगमलाई पनि चलाउन अप्ठ्यारो नहोस् भनेर थोरै मूल्य मात्र बढाइएको दाबी गरे । निगमले खाना पकाउने ग्यासको भाउमा परिवर्तन गरेको छैन । हवाई इन्धनमा आन्तरिकका लागि १० रुपियाँ बढेको छ । अन्तर्राष्ट्रिय उडान गर्ने विमान कम्पनीहरुले प्रतिकिलोलिटर १ हजार ३ सय डलर तिर्नुपर्ने भएको छ । 

0 comments
Write Down Your Responses