शुक्लाफाँटा वन्यजन्तु आरक्ष प्रवेश दस्तुरमा दोब्बरले वृद्धि

भिडियोको लागी तल क्लिक गर्नुहोला >>>


कञ्चनपुर - शुक्लाफाँटा वन्यजन्तु आरक्षले प्रवेश शुल्कमा दोब्बर बढीले वृद्धि गरेको छ। आरक्षको व्यवस्थापनको कार्यलाई अगाडि बढाउनका लागि पुरानो शुल्कले नधान्ने भएपछि नयाँ प्रवेश शुल्क निर्धारण गरिएको हो। आरक्ष कार्यालयका मुख्य संरक्षण अधिकृत युवराज रेग्मीका अनुसार आरक्ष प्रवेश गर्दा नेपाली नागरिकलाई लाग्ने शुल्क रु २५ बाट बढाएर रु ५०, सार्क मुलुकका विदेशीबाट रु २०० बाट बढाएर रु ५०० र अन्य विदेशीलाई रु ५०० बाट रु एक हजार शुल्क निर्धारण गरिएको छ। क्याम्पिङ दस्तुरवापत नेपालीबाट रु ५० बाट रु २००, सार्क मुलुकका नागरिकबाट रु २०० बाट रु ५००, विदेशीहरूबाट रु ५०० बाट रु एक हजार शुल्क निर्धारण गरिएको मुख्य संरक्षण अधिकृत रेग्मीले बताए। यसैगरी, बल्छीले माछा मार्ने दस्तुरमा नेपालीबाट रु ५० बाट बढाएर रु २००, सार्कका मुलुकका नागरिकबाट रु २०० र अन्य विदेशीबाट रु ५०० बाट रु दुई हजार शुल्क तोकिएको छ। जङ्गल ड्राइवका लागि रु एक हजारबाट शुल्क बढेर रु दुई हजार पुर्यादइएको छ भने हेलिकोप्टर अवतरण गर्न प्रत्येकपटकका लागि निर्धारण गरिएको रु दुई हजार शुल्कमा कुनै फेरबदल गरिएको छैन। खरखडाइका लागि निर्धारण गरिएको शुल्क रु १० बाट बढाएर रु २५ पुर्याोइएको छ। हात्ती सफारी गर्ने नेपालीबाट रु ५००, सार्कमुलुकका नागरिकबाट रु एक हजार ५०० र अन्य विदेशीबाट रु दुई हजार ५०० शुल्क निर्धारण गरिएको उल्लेख छ। हात्ती सफारिका लागि प्रतिघन्टा प्रतिव्यक्तिका हिसाबले उक्त शुल्क निर्धारण गरिएको छ। भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.