कुन पार्टी बन्ला नम्बर वन् ? एमाले, कांग्रेस या एमाओवादी ?

आगामी संविधानसभाको निर्वाचनमा एमाओवादी, नेपाली कांग्रेस र एमालेले पहिलो नम्बरको पार्टी बन्ने दाबी गरेका छन् । कांग्रेस सभापति सुशील कोइराला, एमाओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष झलनाथ खनालले आआफ्नो पार्टी पहिलो बन्ने दाबी गर्नुभएको छ ।
congress-uml flagनिर्वाचनमा आफ्नो पार्टीले बहुमत हासिल गर्ने दाबी गर्नु स्वभाविकै भए पनि चुनावमा तीनवटै पार्टी एक नम्बर बन्ने अवस्था हुँदैन । विगतमा एमाले र कांग्रेसले यसैगरी बहुमत ल्याउने दाबी गरेका थिए । एमाओवादीले आफू पहिलो बनिएला भन्ने सोचेको थिएन । यसपालिचाँहि एमाओवादीले पनि कांग्रेस र एमालेले जस्तै पहिलो पार्टी बन्ने दाबी गरेको छ ।
एकीकृत माओवादी फुटेको अवस्थामा छ । एमालेबाट अशोक राई र रामचन्द्र झाहरु बाहिरिएका छन् । नेपाली कांग्रेसमा पनि नेतृत्ववीच चरम विवाद छ । उता मत हाल्नुपर्ने जनतामा ठूला भनिएका राजनीतिक पार्टीहरुप्रति चरम निराशा र घृणा छ । मत माग्दै हिँड्ने कार्यकर्ताहरुमै उत्साह र उमंग देखिँदैन । मधेसी मोर्चा पनि टुटफुटले आक्रान्त बनेको छ । मधेसी जनतामा उनीहरुप्रति वितृष्णा बढेको छ । यो अवस्थामा चार राजनीतिक दललाई उछिन्ने गरी अर्को शक्ति आइहाल्ने अवस्था पनि देखिँदैन । यस्तो पृष्ठभूमिमा आगामी चुनावमा कस्तो परिणाम आउला भनेर विश्लेषण गर्न निकै गाह्रो छ ।
भनिन्छ, जनता नै सच्चा न्यायाधीश हुन् । त्यसैले पूर्वाग्रहरहित भएर हेर्दा यसपालिको चुनावमा कुन दल सबैभन्दा ठूलो वा पहिलो नम्बरको बन्ला ? यस विषयमा आफ्नो मत व्यक्त गरेर पहिलो हुने दाबी गरिरहेका नेताहरुलाई वास्तविकता उजागर गरिदिनुहोला । यहाँको विचारमा आगामी चुनावमा कुन दलले पहिलो स्थान प्राप्त गर्ला ?
१ . नेकपा एमाले ।
२. नेपाली कांग्रेस ।
३. एकीकृत नेकपा माओवादी ।
४. तीनवटै होइन -अर्को विकल्प भए नामसहित)

0 comments

Write Down Your Responses

Powered by Blogger.