देशैभरिका एमालेनिकट कर्मचारी काठमाडौंमा


२७ चैत, काठमाडौं । एमालेनिकट नेपाल निजामति कर्मचारी संगठनको नवौं राष्ट्रिय अधिवेशन काठमाडौंमा शुरु भएको छ । तीन दिनसम्म चल्ने सम्मेलनको मंगलबार एमाले अध्यक्ष झलनाथ खनालले उद्घाटन गर्नुभयो । सम्मेलनले नयाँ नेतृत्व चयन गर्नुका साथै संगठनको नयाँ नीति र कार्यक्रम तय गर्ने संगठनका महासचिव मोहनकुमार घिमिरेले अनलाइनखबरलाई जानकारी दिनुभयो । सम्मेलनमा देशभरबाट ६ सय प्रतिनिधि र २ सय ५० पर्यवेक्षक सहभागी छन् । ट्रेड युनियन आन्दोलनलाई व्यवस्थित र मर्यादित बनाउने उपाय, निजामती कर्मचारीमाथि लाग्दै आएका आरोप र आपेक्षहरुको प्रतिरक्षा, अहिलेसम्म भएका कामको समीक्षा र भावी योजनाबारे सम्मेलनमा छलफल हुने घिमिरेले जानकारी दिनुभयो । मुलुकमा प्रजातन्त्रको बहालीसँगै ०४७ सालमा स्थापना भएको यो संगठन कर्मचारीहरुको सबैभन्दा पुरानो र जेठो संगठनको रुपमा लिइन्छ । निजामति कर्मचारीहरुको संख्या झण्डै ७२ हजार रहेकोमा निजामति कर्मचारी संगठनको सदस्य संख्या ३१ हजार ४ सय ७० रहेको घिमिरेले जानकारी दिनुभयो । अहिले कांग्रेस, माओवादी, मधेसवादीलगायतका दलहरु निकटसहित गरी कर्मचारीहरुको संगठन ८ वटा पुगिसकेका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.