दुई रङको सिलिण्डरको विरुद्धमा महासंघ उत्रियो


१६ बैशाख, काठमाडौं । सरकारले साउन १ गतेदेखि दुई रङको सिलिण्डर कार्यान्वयनमा ल्याउने तयारी गरिरहेको बेलामा नेपाल उद्योग वाणिज्य महासंघले विरोध जनाएको छ । महासंघ र ग्यास उद्योग संघका प्रतिनिधिहरुले वाणिज्य तथा आपूर्ति मन्त्री शंकरप्रसाद कोइरालालाई भेटेर दुई रङको सिलिण्डर कार्यान्वयनमा जटिलता रहेको भन्दै विरोध जनाएका हुन् । दुई रङको सिलिण्डर कार्यन्वयन गर्ने सरकारी निर्णय सरकारकै लागि प्रत्युत्पादक भएको बताउँदै व्यवसायीहरुले अन्य भरपर्दो विकल्प खोज्न सरकारलाई आग्रह गरेको अर्थमन्त्रालयद्धारा जारि विज्ञप्तीमा उल्लेख गरिएको छ । कार्ड वितरणमा स्थानीय निकायको शिफारिसलाई आधारपत्र बनाई ठगी नियन्त्रण गर्न सकिने व्यवसायीहरुको सुझाव छ ।’बजारमा ग्याँसको अभाव व्यवसायीहरुका कारण नभई उपभोक्ताहरुको लापरबाहीका कारण भएको हो’ व्यवसायीहरुले भने- ‘एउटै परिवारभित्र दर्जनौं सिलिण्डर ग्यास दुरुपयोग भएको स्थितितर्फ सरकारको ध्यान जानुपर्छ ।’ अर्थ र उद्योगमन्त्री समेत रहेका कोइरालाले सरोकारवालाहरुसँग छलफल गरेर उद्योगीहरुका माग सम्बोधन गर्ने आश्वासन दिनुभयो । उहाँले सरकारी निर्णय कार्यान्वयनमा सघाउन उद्यमीहरुलाई आग्रह समेत गर्नुभयो । यसअघि सरकारले निजी क्षेत्रलाई ग्यासको कारोबार गर्न दिने निर्णयको समेत महासंघले विरोध गरेको थियो । सरकारले भएका उद्योगीहरुलाई समाप्त गरि सिमित व्यवसायीहरु पोस्न होचुवाको भरमा ग्यासको कारोबार निजी क्षेत्रलाई गर्न दिने निर्णय गरेको महासंघले आरोप लगाएको थियो । घाटा कम गर्न दुई थरी सिलिण्डर ग्यासमा ठूलो घाटा हुँदै आएको बताउँदै नेपाल आयल निगमले घरायसी प्रयोजनका लागि सहुलियत मूल्यमा र व्यवसायीक प्रयोजनका लागि परल मूल्यमा ग्यास विक्री गर्ने बताएको छ । त्यसका लागि निगमले अहिले धमाधम ग्यास उपभोक्ता कार्ड वितरण गरिरहेको छ । व्यवसायीहरुले भने सरकारको निर्णयले व्यवसायीहरुलाई आर्थिक मार पर्ने भन्दै विरोध जनाउँदै आएका छन् । ग्यास उद्योग संघका अनुसार अहिले ४५ लाख ग्यास सिलिण्डर बजारमा छन् । जसमध्ये ६० प्रतिशत घरायसी प्रयोजनका लागि र ४० प्रतिशत व्यवसायीक प्रयोजनका लागि खपत हुँदै आएको अनुमान गरिएको छ । भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.