राष्ट्र बैंकको ढुकुटीमा ५५ अर्ब रकम निष्क्रिय
१२ वैशाख, काठमाण्डौं । चीनलसँग व्यापार निरन्तर बढिरहेका बेला राष्ट्र बैंकले चिनियाँ केन्द्रीय बैंकका विभिन्न वित्तीय उपकरणमा लगानी गर्ने भएको छ । पिपल्स बैंक अफ चाइनाले जारी गर्ने विभिन्न उपकरणमा लगानीसँगै मुद्दती खातामा रकमसमेत जम्मा गर्ने तयारी केन्द्रीय बैंकको छ ।
राष्ट्र बैंकको सञ्चालक समितिले तीन महिना अघि ट्रेजरी विल्स, बोन्डलगायतमा लागनी गर्न बाटो खुला गरिसकेको छ । चिनियाँ पक्षबाट लगानीको अनौपचारिक स्वागत भएपछि यस्तो निर्णय भएको थियो । ‘अन्यत्रजस्तै चिनियाँ उपकरणमा लगानी गर्नु पनि फलदायी छ,’ राष्ट्र बैंकका डेपुटी गभर्नर गोपाल काफ्लेले भने । उनका अनुसार लगानी र रकम जम्मा गर्दा चिनियाँ युआन नै प्रयोग गरिने कान्तिपुर दैनिकमा खबर छ ।
राष्ट्र बैंकका अनुसार लगानी विविधिकरण गर्न र चिनियाँ आयातको भुक्तानी सजिलो बनाउन यस्तो तयारी गरिएको हो ।
सरकारको अहिलेसम्मकै सबैभन्दा ठूलो धनराशि राष्ट्र बैंकको ढुकुटीमा थन्किएको छ। सरकारले नियमित रूपमा विकास बजेट खर्च गर्न नसकेपछि राष्ट्र बैंकको ढुकुटीमा ५४ अर्ब ५९ करोड रुपैयाँ महिनौंदेखि थन्किएर निष्क्रिय रहेको हो। राष्ट्र बैंक उच्च स्रोतका अनुसार गत वर्ष पनि २ अर्ब ३० करोड रुपैयाँ खर्च हुन सकेको थिएन। स्रोतका अनुसार सरकारी खाताको रकम केही वर्षयता उत्पादक क्षेत्रमा खर्च हुन सकेको छैन। सरकारले आर्थिक वर्षको अन्त्यतिर यस्तो रकम विभिन्न सामाजिक सुरक्षामा खर्च गरेर दुरुपयोग गर्ने गरेको बैंकका एक उच्च अधिकारीले बताए।
यति ठूलो रकम खर्च हुन नसकेर त्यसै सरकारी खातामा निष्क्रिय रहेको जानकारी राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई गराइसक्दा पनि विकास परियोजनामा खर्च हुन सकेको छैन । राज्यको ढुकुटीमा रहेको रकम विकास आयोजनामा नियमपूर्वक खर्च गर्नुपर्नेमा विकास खर्च नै हुन नसकेको राजधानी दैनिकमा खबर छ ।सोही कारण कतियय महत्वपूर्ण आयोजनाको भुक्तानीसमेत हुन नसकेको राष्ट्र बैंक स्रोतले बतायो । बैंक स्रोतका अनुसार सरकारले खर्च गर्न सकिने रकमसमेत खर्च गर्न नसकेपछि निष्क्रिय रहेको हो । सरकारले राष्ट्र बैंकको खातामा राखेको रकमको कुनै ब्याजसमेत पाउँदैन । सरकारी खातामा यति ठूलो रकम मौज्दात रहेको यो पहिलो पटक हो ।



0 comments
Write Down Your Responses