नयाँ निर्वाचनबाट आउने सभासद्को संख्या पनि ६०१


१३ वैशाख, काठमाण्डौं । सरकारले आन्दोलनरत दलहरुलाई सहमतिमा ल्याउन संविधानसभा सदस्यसंख्या ६ सय १ नै कायम गर्ने तयारी गरेको छ । सरकार विरुद्ध आन्दोलनरत नेकपा-माओवादी, मधेसी जनअधिकार फोरम नेपाललगायत दलहरुसँग विभिन्न चरणमा भएका छलफल र बार्तापछि बिहीबार कसेको मन्त्रिपरिषद बैठकमा यसबारे छलफल भएको एकमन्त्रीले जानकारी दिए । चुनावप्रति असहमत दलहरुसँग भएका वार्तामा समानुपातिकतर्फ सिटसंख्या पहिलेकै कायम राख्नुपर्ने लगायतका माग आएपछि सरकारले प्रमुख तीन दल एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमालेका नेतासँग परामर्श गरेको थियो । सोही आधारमा संविधानसभा सदस्यसंख्या बढाउनेबारे मन्त्रिपरिषद बैठकमा छलफल भएको हो । यसअघि प्रमुख चार दलको सहमति तथा सरकारको सिफारिस अनुसार राष्ट्रपतिबाट बाधा अड्काउ फुकाउ आदेश जारी गरी संविधानसभा चार सय ९१ सदस्यीय बनाउने व्यवस्था गरिएको थियो । त्यसअनुसार दुईसय ४० जना प्रत्यक्ष निर्वाचित हुने, दुईसय ४० जना समानुपातिकबाट चयन हुने र ११ जना मन्त्रिपरिषदले मनोनीत गर्ने व्यवस्था छ । यसअघि बिघटित संविधान सभामा प्रत्यक्ष निर्वाचित दुईसय ४० जना, समानुपातिक प्रणालीमा तीन सय ३५ जना र मन्त्रिपरिषद्ले २६ जना मनोनीत गरी ६ सय एक सदस्यीय थियो । त्यस बेला संविधानसभा जम्बो भएको भन्दै सर्वत्र आलोचना भएपछि अहिले संख्या घटाउने सहमति भएको थियो । संविधानसभा सदस्यसंख्या घटाउँदा आदिवासी, जनजाति, महिला, दलित र अल्पसंख्याकको प्रतिनिधित्व कम हुनेभ न्दै नेकपा-माओवादी, मधेसी जनअधिकार फोरम नेपाललगायतका दलले विरोध गर्दै आएका अन्नपूर्ण पोष्टमा खबर छ । भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.