एमालेले चुनावी रणनीति बनाउने
२६ चैत, काठमाण्डौं । अव हुने संविधासभाको निर्वाचन र चुनावको रणनीति तय गर्न नेकपा एमाले पोलिटब्युरो बैठक आजदेखि सुरु हुँदैछ । बैठकमा चुनावको मिति घोषणासँगै चुनावका बारेमा आइरहेका चर्चा र एमालेको आधिकारीक धारणाका विषयमा छलफल हुने नेताहरुले जानकारी दिएका छन् ।

बैठकमा उच्चस्तरीय राजनीतिक समितिमा देखिएको सहभागिताको विवादका विषयमा पनि छलफल हुनेछ । आजको बैठकमा रामचन्द्र झाले पार्टी छाडेपछिको अवस्था, नेताहरुको कार्यविभाजन र एमाले छाडेका नेताहरुलाई फर्काउने विषयमा पनि छलफल हुनेछ । एमालेले आजै पाटी छाडेकालाई फर्किने आग्रहसहित चिठी पठाउने पनि तयारी गरेको छ । बैठक विहान ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय मदननगर बल्खुमा बस्नेछ ।
0 comments
Write Down Your Responses