अशोक राई अझै एमाले उपाध्यक्ष !
१३ बैशाख, काठमाडौं । अशोक राईले एमाले छाडेर नयाँ पार्टी गठन गरेको ५ महिना भैसक्यो । संघीयताको विषयमा पार्टी नेतृत्वसँग असहमति भएपछि उहाँ बल्खु फर्केर नगएको त झन् वर्ष दिन नै भसकेको छ ।
पुरानो पार्टी र पार्टी कार्यालय त्यागेर हिँडिसकेका राईलाई एमालेले भने अझै त्याग्न सकेको छैन ।
एमालेको आधिकारिक वेवसाइटमा राईलाई उपाध्यक्ष भनेर राखिएको छ । पहिले निर्माण भएको वेवसाइट एमालेले सच्याउने फुर्सद नपाएको हो । एमालेका पूर्व उपाध्यक्ष राई हाल संघीय समाजवादी पार्टीको अध्यक्ष हुनुहुन्छ ।




0 comments
Write Down Your Responses