कुकुर बन्यो करोडपति


भनिन्छ कुकुरको पनि दिन आउँछ । कुनैदिन कुकुरको पनि भाग्य चम्किन्छ भन्ने कुरो साँच्ची सत्य नै रहेछ । बेलारुसमा एउटा कुकुरको भाग्य यसरी चम्किएको छ की उ रातारात करोडपति बनेको छ । त्यो कुकुर अहिले १० लाख अमेरिकी डलरको मालिक बनेको छ । यो रकम त्यो कुकुरलाई एक अमेरिकीले दान गरेका हुन् । झूलिक नामको यो १० वर्षको कुकुरलाई यतिधेरै धन दिने अमेरिकी नागरिकको नाम जोन फयोडोरोब हो । एक स्थानीय पत्रिकाका अनुसार मिन्स्क क्षेत्रको उक्त कुकुरकोे लागि बैंक एक विशेष अकाउण्ट पनि खोलिएको छ । त्यसमा अहिलेसम्म ९ लाख ९३ हजार ७ सय डलर जम्मा भैसकेको छ । कुकुरलाई करोडपति बनाउने जोन उक्त कुकुरको लागि एक ठूलो कोठा होस्, त्यसमा ठूलो ओछ्यान होस् र कुकुरकै लागि प्लाज्मा टिभी राखिएको होस् भन्ने आफ्नो अन्तिम इच्छा रहेको बताउँछन् । कम्तिमा पनि दिनमा ३ पटक सन्तुलित भोजन त्यो कुकुरले खान पाओस् र त्यसमा आधा किलोभन्दा बढि मासु होस् भन्ने उनको चाहना छ । यति मात्र होइन दिनमा कम्तिमा पनि २ पटक ताजा हावामा घुमाउने तथा वर्षमा एक पटक यो कुकुरलाई विश्वको कुनै एक देशको यात्रामा लैजाने पनि उनको सपना छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.