समाचार
»
भ्रस्टाचारको प्रमाण दिन राष्ट्रपतिलाई बाबुरामको चुनौती
भ्रस्टाचारको प्रमाण दिन राष्ट्रपतिलाई बाबुरामको चुनौती
बाग्लुङ,चैत २७ -पूर्वप्रधानमन्त्री एवं एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराईले आफू नेतृत्वको सरकारले भ्रस्टाचार गरेको भन्दै राष्ट्रपति रामवरण यादवले वर्तमान मन्त्रीहरुसँग कुरा उठाएकोप्रति आपत्ति जनाएका छन्। 'राष्ट्रपति जस्तो व्यक्तिले बिना प्रमाण अनियमितताको हल्लापछि लाग्नु भन्दा वास्तविकता बुझ्नुपर्ने थियो' उनले भने। एमाओवादी पश्चिम ब्युरोले आयोजना गरेको दुई दिने कार्यक्रमका लागि बाग्लुङ आएका उनले बाङ्गेचौर मैदानको सभालाई सम्बोधन गर्दै आफ्नो सरकारले भ्रष्टाचार नगरेको जिकिर गरे। 'म नेतृत्वको सरकारले आर्थिक अनियमितता गरेको छैन', उनले भने- 'प्रमाण भए सामना गर्न तयार छु।' भट्टराईले असार ७ गतेभित्र निर्वाचन गर्ने सहमतिमा आफू सरकारबाट बाहिरिएको भए पनि एक महिनासम्म पनि चुनावको मिति घोषणा नगर्दा प्रश्न उब्जिएको बताए। यही ढंगले चुनावी मिति घोषणा नगरे एमाओवादी सडक संघर्षमा जाने माओवादी शीर्ष नेतालाई सुरक्षा दिन पर्वतबाट प्रहरी मगाइयो पूर्व प्रधानमन्त्री समेत रहेका एनेकपा माओवादीका अध्यक्ष दाहाल, उपाध्यक्ष बाबुराम भट्टराई सहितका शीर्ष नेता उपस्थित भएपछि बाग्लुङमा सुरक्षा सर्तकता उच्च बनाइएको छ। बजारको सबै क्षेत्रमा सुरक्षाकर्मी परिचालन सुरक्षा व्यवस्था मजबुत पारिएको प्रहरी नायव उपरिक्षक सुरेन्द्र बहादुर गुरुङले बताए। सुरक्षा व्यवस्था मजबुत पार्न पर्वतबाट समेत सशस्त्र प्रहरी झिकाइएको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए। ३ सय बढी सुरक्षाकर्मी परिचालन गर्ने सुरक्षा श्रोतले जनाएको छ। सुरक्षा व्यवस्थाको लागि सशस्त्र प्रहरीसँगै जिल्ला प्रहरी कार्यालय, अञ्चल प्रहरी कार्यालय, अञ्चल प्रहरी गुल्मका सुरक्षाकर्मी परिचालन गरिएको छ।
0 comments
Write Down Your Responses