विमानस्थलमा युवती लुट्नेविरुद्ध विशेष अदालतमा मुद्दा दायर
२७ चैत, काठमाडौं । बैदेशिक रोजगारीबाट फर्किएकी नेपाली युवतीलार्इ लुटपाटपछि बलात्कार गरेको घटनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलस्थित अध्यागमनका अधिकृत रामप्रसाद कोइरालासहित ४ जनाविरुद्ध मंगलबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ । साथै अध्यागमन विभागका तत्काली महानिर्देशक र निर्देशकलाई विभागीय कारवाही गर्न आयोगले पराराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ ।

सोमनाथ र बस्नेत ठगी मुद्दामा यतिबेला कारगारमा छन् भने कोइराला र पोखरेल फरार छन् । अख्तियारले अध्यागमन विभागका तत्कालीन महानिर्देशक सुरेश अधिकारी र तत्कालीन निर्देशक लेखनाथ पोखरेललाई निजामती सेवा ऐन, २०४९ र निजामती सेवा नियमावली बमोजिम विभागीय कारवाहीका लागि सम्बन्धित मन्त्रालयमा लेखी पठाइएको छ ।
रोजगारीबाट फर्किएकी सीता राई (नाम परिवर्तन) बाट कर्मचारीहरुले ८ हजार ५ सय साउदी रियाल (ने रु. १,९८,३०५) घुस लिएका थिए । उनलाई घर पठाउन बसपार्कसम्म लैजाँदा निजको साउदी रियाल ८ सय, घडी र सेन्ट लिएका थिए भने प्रहरी हवल्दार पर्शुराम बस्नेतले एक होटलमा लगेर बलात्कारसमेत गरेको पीडितको आरोप छ ।
0 comments
Write Down Your Responses