४ दिनअघि मारिएको डाँकाको पहिचान भयो

भिडियोको लागी तल क्लिक गर्नुहोला >>>


रौतहट वैशाख २ - चार दिनअघि प्रहरी कारबाहीमा मारिएका एक भारतीय डाँको सनाखत भएको छ। रौतहटको बन्जरहा गाविस-८ स्थित बकैयाखोलामा प्रहरी र भारतीय डाँकाबीच दोहरो भिडन्त हुँदा प्रहरी कारबाहीमा भारत पूर्वी चम्पारन कुन्डवा चैनपुर थानाको तेलहारा जटौलिया गाविका जानकी साहको ४० वर्षीय छोरा हरेन्द्र साह रहेको प्रहरीले जनाएको छ। भारतीय डाँका मृतक साहका श्रीमती सोना देवीले आइतबार राति ८ बजेको समयमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट शव बुझिभारत तर्फ लगेको रौतहटका प्रहरी उपरीक्षक गाविन्दराम परियारले बताएका छन्। एक सातामा तीनवटा गाउँमा शृङखलावद्ध डकैती गरेर रौतहटमा आतंक मच्चाएका भारतीय डाँका फेरी लुटपाट गर्न नेपालमा प्रवेश गरिरहेको बेला प्रहरी र भारतीय डाँकाबीच दोहरो भिडन्त भएको थियो । डाँका समूहले ७ राउण्ड र प्रहरीले ११ राउण्ड गोली समेत चलेको थियो। भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.