भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
पेस्तोल र खुकुरी देखाउँदै यात्रुहरुसँग लुटेराहरुले सुन, चाँदी, मोवाइल सेट र नगद लुटपाट गरेको फुलजोर प्रहरी चौकीले जनाएको छ। बसबाट करीव सात लाख नगद लुटिएको जनाइएको छ। १३ लाख भन्दा बढीको गहना र अन्य समान लुटिएको छ। सर्लाहीको राजमार्गमा सुरक्षाका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी राति खटाइए पनि लुटपाट भएको हो।
फुलजोरमा प्रहरी चौकी रहेको छ। प्रहरी चौकीबाट २ किमि पूर्व राजमार्ग सुरक्षा पोष्ट, ५ किमि पूर्व राजमार्ग सुरक्षाका लागि सागरनाथमा सस्त्र प्रहरी वेसक्याम्प र बाँकेमा नेपाल प्रहरीले राजमार्गमा सुरक्षा दिँदै आएको छन्। सात किमिको दुरीमा तीन स्थानमा राजमार्ग सुरक्षाका लागि प्रहरी खटाए पनि लुटेराहरुले सजिलै बस लुटेर फरार भएका छन्। लुटेराहरुले प्रहरीलाई कुनै सुइको समेत नदिएर मध्यराति बस रोकाएर करीव एकघण्टा सम्म लुटपाट गरेका छन्।
बसमा हतियार देखाएर लाखौको लुटपाट
सर्लाही, वैशाख २ - सर्लाहीको फुलजोरमा यात्रुबाहक बसमा हतियार देखाएर लाखौको लुटपाट भएको छ। पूर्व-पश्चिम राजमार्ग अर्न्तगत फुलजोर जङ्गलमा मुगल यातायातको ना३ख ८०८६ नम्बरको बसमा लुटपाट भएको प्रहरीले जनाएको छ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
Powered by Blogger.
0 comments
Write Down Your Responses