दूध बेचेरै ६० हजार कमाउँछन श्यामकुमार
५ भदौ, गुल्मी । बिहान ५ बजे उठ्ने, गाई दुहुने र बजारसम्म दूध पुर्याउने अर्खलेका श्यामकुमार पन्थीको दैनिकी हो । सदरमुकाम तम्घाससँगै जोडिएको गाविस अर्खले ७ का पन्थीको यो दैनिकी तीन वर्षदेखिको हो । तीन बर्षअघि आफ्नै २ लाखको लगानीमा व्यावसायिक दूध उत्पादनमा लागेका पन्थीले यसबाट राम्रो आन्दानी गरेका छन् । सुरुमा पाँचओटा उन्नत जातको भैंसीबाट दूध उत्पादन सुरु गरेका उनले अहिले त्यसलाई बढाएर दुई उन्नत जातका गाईसहित १३ पुर्याएका छन् । दैनिक ४० देखि ६० लिटर उत्पादन हुने दूध उनले नजिकै रहेको सदरमुकामसम्म लगेर बेच्ने गरेका छन् । प्रतिलिटर ५० रुपैयाँमा बिक्री हुने र मासिक ६० हजारभन्दा बढी आम्दानी हुने पन्थी बताउँछन् । अरु रोजगारीको सिलसिलामा बाहिरिए पनि आफू भने गाउँघरमा मेहनत गरे सुन फल्छ भन्ने मान्यताले घरमै दूध उत्पादनमा लागेको उनले बताए । अहिले उनले दैनिक ४० लिटर दूध बेचिरहेका छन् । पन्थीले आफैं दूध बोकेर सदरमुकामका घर घरमा पुर्याउने गरेको राजधानी दैनिकमा खबर छ । भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
|
0 comments
Write Down Your Responses