यो हो चाँदीबाट बनेको विश्वको सबैभन्दा महंगो बाइक


महंगो तथा अलग स्वरुपको बाइक चढ्ने र गोजी पनि अलि तातो भएका हरुका लागि खुसीको खबर छ । यद्यपि हामीजस्ता धेरैका लागि भने यो खबर कागलाई बेल पाकेजस्तै हुनसक्छ । तर खबर सुन्दा भने मज्जै आउला । भारतमा विश्वकै अहिलेसम्मको सबैभन्दा महंगो बाइक निर्माण गरिएको छ । मुम्बइमा भैरहेको इण्डिया इन्टरनेसनल ज्वेलरी शो मा पर््रदर्शनीमा राखिएको तयारीमारहेको उक्त बाइक चानचुने होइन । त्यो चाँदीबाट बनेको छ र त्यस्ता प्रकारका बाइकको मूल्य न्युनतम ८० लाख देखि १ करोड ६० लाख नेपाली रुपैयाँ सम्म पर्ने बताइएको छ । अहिले केवल मोडलमात्र र्सार्वजनिक गरिएको छ र बुकिङ खुल्ला गरिएको छ । अहिले अर्डर दिनेले ६ महिनापछि यस्तै चाँदीको बाइक पाउनेछन् । चाँदीका गहना बनाउने भारतीय कम्पनी सिल्भर इम्पोरियमले त्यो बाइक बनाएको हो । कम्पनीका एमडी राहुल मेहेताका अनुसार उक्त बाइकका पाटपर्ुजा हातैले बनाइएको हो तर इन्जिन भने इनफिल्ड इण्डिया कम्पनीले तयार पारिदिएको हो । यो बाइक तयार पार्न कालिगढहरुलाई ८ महिनाको लागेको बताइएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.