पूर्वसभासद् करिमा बेगम धरौटीमा रिहा


भारतीय नागरिकलाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाउन सिफारिस गरेको अभियोग लागेकी पूर्वसभासद् करिमा बेगमलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत पर्साले आदेश दिएको छ । अधिवक्ता दीनानाथ साहले दायर गरेको नागरिकतासम्बन्धी मुद्दामा अदालतका न्यायाधिश वैधनाथ गुप्ताले बिहीबार पूर्वसभासद् बेगमसँग १५ हजार रुपैयाँ धरौटी लिएर तारेखमा रिहा गर्न आदेश दिएका हुन् । गुप्ताले अर्को दुईजना विपक्षी वीरगञ्ज-१६ का हीरालाल गिरी र मन्जुर अन्सारीसँग शुक्रबार जनही १० हजार रुपैयाँ धरौटी लिएर तारेखमा रिहा गर्न आदेश जारी गरेको बताइएको छ । पर्सा निर्वाचन क्षेत्रनम्बर १ बाट बेगम संविधानसभा निर्वाचनमा मधेसी जनअधिकार फोरम नेपालका तर्फबाट निर्वाचित सभासद थिइन् । अधिवक्ता साहले वीरगञ्ज उपमहानगरपालिका-१६ मा बसोबास गर्दै आएका हतपतगञ्ज गाविस -५ का चनरदेवप्रसाद यादवकी विवाहित छोरी ४१ वर्षीया रामकुमारी देवीलाई नेपाली नागरिकता दिलाउन सिफारिस गरेको आरोपमा पूर्वसभासद बेगमसहित २० जनाविरुद्ध मुद्दा दायर गरेका थिए ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.