नेकपा-माओवादीको बन्दले इलाम र पाँचथरको जनजीवन प्रभावित


१४ वैशाख, इलाम । नेकपा-माओवादीले गरेको बन्दका कारण आज इलाम र पाँचथरको जनजीवन प्रभावित भएको छ । नकपा-माओवादीको भातृसंगठन लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाले आफ्ना कार्यकर्ता पक्राउ गरेको विरोधमा बन्द आह्वान गरेको हो । बन्दको कारण पाँचथर र इलाममा सार्वजनिक यातायातका सवारी साधन बिहानदेखि नै चल्न सकेका छैनन् भने बजार पसलहरु पनि बन्द छन् । लिम्बूवान राष्ट्रिय मुक्तिमोर्चाको जिल्ला अधिवेशन सहयोग भन्दै मेची राजमार्गअन्तर्गत इलामको चमैता पासाङ्गटारमा चन्दा असुली रहेका मोर्चाको पाँचजना कार्यकर्ताहरुलाई चन्दा रसिदसहित इलाम प्रहरीले हिजो पक्राउ गरेको थियो । भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.