काँधमा घर जुरुक्कै बोकेर हिँड्ने यी मुसाफिर (फोटोफिचर सहित)

आफु बस्ने घर काँधमा जुरुक्कै बोकेर हिँडिरहेका छन् उनी । महिनौ अघि उनले घर बोकेर यात्रा सुरु गरेका हुन् र अहिलेसम्म २ सय ७० माइल यात्रा पूरा गरिसकेका छन् । चीनका लिउ लिगचाओ नामका यी विचित्रका यात्री वुझोउ सहरबाट केही महिनाअघि हिड्न सुरु गरेका हुन् । काँधमा घर बोकेर उनी २१ मे का दिन लिउझोउ सहर आइपुगेका छन् ।
1
उनले ५ वर्षअघि बाँस र प्लास्टिकले बनाएको मोबाइल घर झण्डै ५९ किलो तौलको छ । त्यसमा उनले विछौना तथा बन्दोवस्तीका केही सामान पनि राख्ने गरेका छन् ।
यी ३८ वर्षे यात्री लक्ष्यवीहिन यात्रामा हिँडिरहेका छन् । बाटोमा हिँड्दा भेटिएका प्लास्टिकका बोतल टिप्ने र तिनै बोतल बेचेर हातमुख जोर्ने गरेका छन् यिनले ।
2 3 4
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.