४ सय किलो वजनका यी मान्छेको दुब्लाउने धोको (फोटोफिचर र भिडियो सहित)
दुब्ला मान्छेहरुमा मोटाउने इच्छा हुन्छ । तर जिउ लागेपछि कसरी दुब्लाउने होला ? भन्ने टेन्सन । जिउ मोटाएर ७०-८० किलोको हुँदा त वजन घटाउने टेन्सन सुरु हुन्छ भने ४ सय किलोको जिउ भयो भने के होला हालत ?
प्रशान्त महासागरीय टापु राष्ट्र गुआमका
एक जना पुरुष यस्तै विलखबन्दमा परेका छन् । उनको जिउ ४ सय ८ किलोको छ । उनी
विश्वमा बढि वजनभएका मान्छेमध्येमा एक पर्छन् । रिकी नापुति नामका ती
पुरुषका लागि उनको वजन निकै ठूलो पीडाको रुपमा खडा भएको छ र सोही कारण उनी
पाँच वर्षदेखि ओछ्यानमा परेका छन् ।
३९ वर्षे नापुति वजन घटाएर सामान्य जिन्दगीमा र्फकन चाहन्छन् । तर उनको त्यो मनको इच्छा पूरा हुन सकिरहेको छैन ।
टिएलसी टेलिभिजनले नापुति र उनकी श्रीमती
चेरिलको विषयमा पछिल्लो तिन वर्षदेखि श्रृंखलावद्ध रुपमा सामग्री प्रशारण
गरिरहेको छ । उनको सर्जरीका लागि केवल पैसाको खाँचो मात्र होइन उनले सर्जरी
अघि केही तौल आफै घटाउनुपर्ने हुन्छ । तर हालै एक अमेरिकी चिकित्सक उनलाई
भेट्न गुआममा पुग्दा चिकित्सकले सर्जरी अघिसम्म घटाउनुपर्ने भने अनुसार
उनको तौल अझै घटिसकेको थिएन । त्यसैले उनले तत्काल आफ्नो वजन घटाउने सर्जरी
गर्न पाएनन् ।
गुआम भन्ने देशमा केवल नापुति मात्र होइन
अरु धेरै वयस्क मानिसहरु मोटोपनबाट पीडित रहेको बताइन्छ । त्यहाँका हरेक
दशमा एक जना मानिसमा मोटोपनको समस्या छ ।
भिडियो हेर्नुहोस्
भिडियोको लागी तल क्लिक गर्नुहोला
0 comments
Write Down Your Responses