यसरी हुँदोरहेछ दुर्घटना (भिडियोसहित)
सडक प्रयोग गर्ने गाडीचालक र बटुवाको सामान्य लापर्वाहीले कति ठूलो दुर्घटना निम्त्याउछ भन्ने कुरा ट्राफिक प्रहरीले हालै सार्वजनिक गरेको जनचेतनामुलक भीसीडी हेरे पुग्छ । लेन अनुशासन पालना नगर्दा, हतार गरेर गाडी चलाउदा र बाटो काट्दा तथा ट्राफिक नियम पालना नगरेकै कारण ठूला दुर्घटना हुने गरेका छन् । काठमाडौं उपत्यकामा अघिल्लो साउनदेखि बैशाखमसान्तसम्म भएका दुर्घटनामा १२८ जनाको मृत्यु भएको छ । जसमा ६२ जना पैदलयात्री, ७ जना साइकल यात्री, १ जना टाटासुमो चालक र ५८ जना मोटरसाइकल चालक रहेका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ‘यो तथ्याकले मोटरसाइकल चालक र पैदलयात्री बढी जोखिम रहेको देखिन्छ’ महाशाखा प्रमुख डीआईजी उपेन्द्रकान्त अर्यालले भन्नुभयो । राजधानीमा हुने कुनै न कुनै दुर्घटनामा मोटरसाइकल मिसिने गरेको उहाले बताउनुभयो । ‘जुनसुकै तरकारीमा आलुजस्तै दुर्घटनामा मोटरसाइकल पर्ने गरेको छ’ अर्यालले भन्नुभयो-’यो गम्भीर कुरा हो, मोटरसाइकल चालक सचेत हुनुपर्ने भएको छ ।’ मोटरसाइकल चालकलगायत सम्पूर्ण सडक प्रयोगकर्तालाई सजक र सचेत गराउन ट्राफिक प्रहरीले विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । यसै क्रममा यो भिडियो पनि निर्माण गरिएको हो । यस भिडियोमा काठमाडौं उपत्यका र विदेशका केही ठाउमा भएका दुर्घटना देखाइएको छ । सबै दुर्घटनामा चालक र पैदलयात्रुको गल्ती देखिन्छ । ‘सामान्य लापर्वाहीले नै ठूलो दुर्घटना हुने गरेको देखिन्छ’ अर्यालले भन्नुभयो-’त्यसैले सबैले ट्राफिक नियमको पालना गर्नु जरुरी छ ।’ भिडियो हेर्नुस् अन्य येस्तै भिडियोहरु हेर्न तल क्लिक गर्नुहोला ::
|
0 comments
Write Down Your Responses