कोरियामा १९ नेपाली अबैधानिक, इराकमा मारिने चेलीको परिवार भेटिएन


१९ बैशाख, काठमाण्डौ । दक्षिण कोरियामा कार्यरत अबैधानिक आप्रवासी कामदारमध्ये नेपालीको संख्या अनुमान गरिएभन्दा न्यून देखिएको छ । कोरियाको अध्यागमन बिभागका अनुसार अबैधानिक नेपालीको सख्या १ हजार ९ सय ८७ मात्र रहेको छ । अन्य देशको तुलनामा यो संख्या निकै कम हो । कोरियामा १४ लाख ७० हजार ८ सय ७३ आप्रवासी कामदार रहेका छन् । त्यसमध्ये १२.२ प्रतिशत अर्थात् १ लाख ७९ हजार ८ सय ४६ अबैधानिक छन । इपीएसमार्फत् रोजगारीमा आएकामध्ये ५४ हजार ९ सय ५१ अबैधानिक रहेका छन। बिद्यार्थी मात्र हैन, बिभिन्न देशबाट ब्यापारी, बिद्यार्थी, प्राध्यापक, बैबाहिक भिषा, प्राबिधिक, शिक्षक, बिशेषज्ञ, पर्यटक, कलाकार, खेलाडी, सामाजिक कार्यकर्ता, धार्मिक गुरु बनेर आएका समेत अबैधरुपमा कोरियामा बस्ने गरेको बिहीवार प्रकाशित कान्तिपुर दैनिकले छापेको छ । इराकमा मारिने नेपाली चेलीको परिवार भेटिएन प्रतिबन्धित मुलुक इराकमा काम गर्न गएकी धादिङ, तिप्लिङ-६ की सुमिता तामाङको करिव एक महिनाअघि हत्या भएको सूचना परराष्ट्रमा आए पनि तामाङको घर-ठेगाना पत्ता लाग्न सकेको छैन । राजधानी बग्दाद नजिकैको जादि्रयामा एक इराकीको घरमा काम गर्ने सुमितालाई मार्च २८ को बिहान घरमालिककै छोराले छुरा प्रहर गरी हत्या गरेको सूचना परराष्ट्रको कन्सुलर शाखा र इराक मामिला हेर्ने पाकिस्तानस्थित दूतावासमा दर्ता भएको छ । ‘तर धादिङको जिल्ला प्रशासनमार्फत् मृतक सुमिताको घर-ठेगाना पहिल्याउन खोजिए पनि तिप्लिङ-६ मा उनलाई चिन्ने कोही पाइएन’- परराष्ट्रका एक अधिकारीले भने । उनका बाबुआमाको नामसँग मिल्ने पनि त्यो ठाउँमा कोही नभेटिएपछि सुमिताको नाममा अरु कसैले नक्कली पासपोर्ट प्रयोग गरेको हुनसक्ने परराष्ट्रले अनुमान गरेको कान्तिपुरले छापेको छ । भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.