प्रवासीको एक करोड लगानीमा कम्पनी, काठमाडौंमा होटल-रेण्टुरेष्ट सञ्चालन


Investment
काठमाडौं, वैशाख १९ - विभिन्न १२ देशमा कार्यरत आप्रवासी नेपाली कामदारले एक करोड रुपैयाको सामूहिक लगानीमा नेपालमा कंपनी खोलेका छन् । कम्पनीले शुरुवातको चरणमा करीव ४० लाख रुपैयाँ खर्चेर होटल तथा रेष्टुरेष्ट संचालन गरिसकेको छ । संयुक्त अरब इमिरेट्स (युएई), कतार, साउदी अरब, बहराईन, मलेसिया, ईजरायल, कोरिया, बेलायत, ईराक, डेनमार्क, जापान र नेपालमा कार्यरत तथा केही नेपाल फर्किसकेका कामदार मिलेर 'प्रोग्रेशिभ नेपाल इन्भेष्टमेण्ट (पीएनआइ) ग्रुप खोलेका हुन् । ३१ शेयर सदस्य रहेको कंपनीमा ५० हजारदेखि ९ लाख रुपैयासम्म लगानी गरेका छन् । सेयर सदस्यमा करीव ५० प्रतिशत युएईमा कार्यरत तथा फर्केका आप्रवासी छन् । यही ग्रुपले करीव २ सातादेखि काठमाडौं, तीनकुनेस्थित सुविधानगरमा 'होटल नेशनल भिजन एण्ड ग्रीन प्यालेस रेष्टुरेन्ट' संचालन गरेको छ । ५ तले भवन १० वर्षको लागि लिजमा लिएर होटल तथा रेष्टुरेण्ट संचालन गरेको पीएनआई ग्रुपले जनाएको छ । 'सेवादेखि उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने हाम्रो उद्येश्य छ' १० वर्ष युएई बसेर फर्केका ग्रुपका अध्यक्ष श्याम संकल्पले कान्तिपुरलाई भने, 'त्यही अनुसार नै अहिले सेवामुलक क्षेत्रको रुपमा होटल- रेष्टुरेन्ट शुरु गरेका हौं ।' होटलमा अढाई सय व्यक्ति अट्ने क्षमताको सभाहल, वैठक कक्ष तथा सिंगल, डवल र डिलक्स फ्यामिली सहित ३३ वटा बेड रुम छन् । एक सय ग्राहकलाई एकै पटक सेवा दिन सक्ने गरी ओपन रेष्टुरेष्ट संचालन गरेको पनि उनले बताए । बेड रुमको नम्बर नराखेर ग्रुपले नेपालका विभिन्न पर्यटकीय, धार्मिक तथा साँस्कृतिक नाम राखेको छ । 'हाम्रा ठाउँहरुको प्रवर्धन होस् भनेर यी नाम राखेको हौं' संकल्पले भने । हाल १५ स्टाफ कार्यरत होटल तथा रेष्टुरेष्टले गीत- गजल साँझको शुरुवात गर्ने समेत योजना बनाएको ग्रुपका एक सदस्य एसपी रानाभाटले सुनाए । ग्रुपले बिदेशमा कार्यरतले नेपालमा शुरु गरेको सेवाको त्यही नै प्रवर्धन गर्ने र स्वदेशमा कार्यरत मध्ये केही स्टाफकै रुपमा कार्यरत रहने योजना बनाएको छ । आम्दानी खर्चलाई पारदर्शी बनाउन सेयर सदस्यहरु वीच इमेल ग्रुप बनाएर दैनिक विवरण पठाउने संकल्पले बताए ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.