मेस्सी ‘टिकी टाका’ शैलीकै पक्षमा


अर्जेन्टिनी स्टार लिओनल मेस्सीले बार्सिलोनाको ‘टिकी टाका’ खेल शैली परिर्वतन नगर्ने बताएका छन् । लगातार दुई सिजन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलबाटै बाहिरिएपछि बार्सिलोनाको खेल शैली पूरानो भएको टिप्पणी हुन थालेकोछ ।
एक टीभी अन्तर्वार्तामा २५ वर्षीय मेस्सीले भनेका छन-’हामी हाम्रो शीर गुमाउन सक्दैनौं । हामी हाम्रो खेल शैली परिर्वतन गदैनौं ।’ उनी अघि थप्छन्-’तपाई सँधै जित्न सक्नुहुन्न । हामी हाम्रो आफ्नै ब्राण्डको फुटबल खेल्छौं ।’
बल होल्ड गर्ने तर पोष्ट चार्ज कम गर्ने भएकाले पछिल्लो समय यो आउटडेटेड भएको भन्नेहरु धेरै छन् । तर, छोटो-टोटो पास टिकी टाका स्पेन र बार्सिलोनाको चर्चित खेल शैली हो । टिकी टाका शैलीमा नै स्पेनले लगातार ३ पटक युरोकप जितेको छ भने २०१० को विश्वकप पनि आफ्नो पोल्टामा पार्‍यो ।
मेस्सीले बार्सिलोनाको ध्यान आगामी सिजनमा केन्द्रीत हुनु पर्ने समेत बताएका छन् । मेस्सी यो सिजन प्रशिक्षक टिटोको अनुपस्थिति टिमको प्रदर्शन अस्थिर हुनुको कारण मान्छन् । क्यान्सरको उपचारका कारण टिटोले पूर्ण समय टिमलाई दिन सकेनन् । यद्यपी बार्सिलोनाले यो सिजन ला लिगा फुटबलको उपाधि उचालेको छ ।
उनका भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.