आइजीपी मोडल बन्दा प्रहरीको प्रतिष्ठामा धक्का

१३ जेठ, काठमाण्डौं । नेपाल प्रहरीका आइजीपी कुवेरसिंह रानाले एउटा व्यापारिक संस्थाको व्यापार प्रवर्द्धनका लागि सुरक्षा फौजको मर्यादा भुलेर मोडलिङ गरेका छन् । २०७० जेठ ७ गते निजी क्षेत्रको मोवाइल कम्पनी एनसेलले आइजीपी रानालाई व्यापार प्रवर्द्धनका लागि मोडलिङ गराएको फाटो पत्रपत्रिकामा सार्वजनिक गरेको छ । एनसेलले महानगरीय प्रहरी आयुक्तको कार्यालयलाई ट्राफिक व्यवस्थापनका लागि २० वटा बजाज मोटरसाइकल र ११ वटा ल्यापटप दिएबापत आइजीपीलाई नै आफ्नो व्यापारको मोडेलका रुपमा पस्किएको छ । नेपाल प्रहरीका आइजीपीसहित उच्च अधिकृत एनसेलको व्यापार प्रवर्द्धनमा मर्यादा नै भुलेर सहभागी भएको सोमबार प्रकाशित साँघु साप्ताहिकले छापेको छ । सहयोग आदान प्रदान गर्ने कुरालाई सहज रुपमा लिइए पनि आइजीपी जस्तो पदलाई विज्ञापनको वस्तु बनाइनु हुँदैनथ्यो, एक प्रहरी अधिकृतले भने । आइजीपीलाई सुरक्षाफौजको मर्यादा र आचारसंहिता विपरीत एनसेलको मोडल बनाइएकोमा प्रहरीभित्रै यसलाई राम्रो कार्य मानिएको छैन् । प्रहरी नेतृत्वलाई सहयोग गरेकै भरमा कुनै व्यापारिक संस्थाको स्वार्थमा आइजीपी प्रयोग हुनु राम्रो होइन, आइजीपी विज्ञापनको मोडल बनाउन जसजसले सल्लाह र्दि यो संगठनको हितमा छैनन भन्ने टिप्पणी आउन थालेका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.