मुम्बइ इन्डियन्सलाई आइपिएलको उपाधि

कोलकाता – मुम्बइ इन्डियन्सले चेन्नाइ सुपर किंग्सलाई २३ रनले हराउँदै आइपिएल छैटौं संस्करणको उपाधि कब्जा गरेको छ। ६ वर्षअघि सुरु भएको आइपिएल मुम्बइले पहिलो पटक जितेको हो। कोलकाताको इडन गार्डेन स्टेडियममा भएको फाइनल खेलमा पहिले ब्याटिङ गर्दै मुम्बइ इन्डियन्सले चेन्नाइ सुपर किंग्स समक्ष जीतका लागि १४९ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उत्रेको चेन्नाइ टोली ९ विकेट गुमाउँदै १२० रनमा सीमित रह्यो। फाइनलमा शानदार ब्याटिङ गरेका मुम्बइ डन्डियन्सका पोलार्ड म्यान अफ द म्याच छानिए। उनले ३२ बल खेल्दै ६० रन बटुलेका थिए। मुम्बइ इन्डियन्सको १४८ रनविरुद्ध ब्याटिङमा उत्रिएको चेन्नाइ टोलीको शुरुवात राम्रो हुन सकेन। ९ ब्याटसम्यान मात्र ९९ रनको स्कोर हुँदै पेभेलियन फर्किए। मुम्बइका तर्फबाट मालिंगा, हरभजन तथा जोन्सोनले शानदार प्रदर्शन गरे। उनीहरुले चेन्नाइका महत्वपूर्ण दुई-दुई विकेट लिएका थिए। यसअघि मुम्बइले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो। सुरुमा मुम्बइले झट्का ब्यहोर्योण। सुरुवाती ३ विकेट सस्तैमा पेभेलियन फर्किए। पोलार्डको शानदार प्रदर्शनका कारण ९ विकेट क्षतिमा १४८ रन बनायो। पोलार्डले ३२ बल खेल्दै शानदार ६० रनको व्यक्तिगत योगदान दिए। आइपिएल फाइनलका लागि दुवै टोलीले फेरबदल गरेका थिएनन्। तर सचिन तेन्दुलकर मैदानमा उत्रिएनन्। चेन्नाइको कप्तानी भारतीय राष्ट्रिय टोलीका कप्तान महेन्द्र सिंह धोनीले सम्हालेका थिए भने मुम्बइको कप्तान रोहित शर्मा थिए। यो सँगै चेन्नइ सुपर किंग्स आइपिएल फाइनलमा पाँच पटक खेल्ने टोली बनेको छ। २०१० को फाइनलमा आमनेसामने हुँदा चेन्नाइले मुम्बइलाई हराउँदै उपाधि कब्जा गरेको थियो। पूरै प्रतियोगिता भरि शानदार प्रदर्शन गर्ने राजस्थान रोयल्सका खेलाडी शेन वाट्सन मैन अफ द सिरिज चुनिए।
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.